ट्रायल परीक्षा पास गराइदिन्छु भन्दै ठगी गर्ने १ पक्राउ


काठमाडौँ । सवारी चालकको अनुमतिपत्रका लागि ट्रायल परीक्षा पास गराइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे मनदन देवपुर नगरपालिका ८ चैनपुरका ३१ वर्षीय पशुपति आचार्य रहेको प्रहरीले जनाएको छ ।

उनलाई भक्तपुरको राधेराधेस्थित इजि ट्रायल सेन्टर अगाडिबाट पक्राउ गरिएको हो । आचार्यलाई हिरासतमा लिइ थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।