बालुवाटारस्थित सुबिसु कार्यालयमा भीषण आगलागी, नियन्त्रण प्रयास जारी


काठमाडौं । बालुवाटारस्थित चिनियाँ एम्बेसीसँगैको घरमा आगलागी भएको छ । इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको सुबिसु केबल नेटको कार्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि प्रहरी र काठमाडौं महानगरपालिकाबाट बारुणयन्त्र पठाइ आगो नियन्त्रणको प्रयास भइरहेको जानकारी आएको छ।

यस घटनाबारे थप विवरण आउन बाँकी छ।