विप्लवका केन्द्रीय सदस्य अटलसहित ३ पक्राउ


धनवीर दाहाल,रुकुम । रुकुम पश्चिमबाट प्रतिबन्धित बिप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य श्यामबहादुर बोहरा (अटल) सहित ३ जनालाई पक्राउ गरिएको छ । उहाँसंगै अनेरास्वबियु.क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक समिति रुकुम पश्चिमका संयोजक हरि पुन र सहसंयोजक प्रेम प्रशान्त बोहरालाई पक्राउ गरिएको छ ।

रुकुम पश्चिम त्रिवेणी गाँउपालिका वडा नं. ६ मुरुबाट उनीहरुलाई पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार बिगत केहिदिन यता रोल्पा सल्यान र रुकुम पश्चिमको सिमा नाका र सो नजिक नजिक रुकुम पश्चीमको त्रिवेणी गाँउपालीकको वडा एरिया हरुमा प्रतिबन्धीत ने.क.पा. बिप्लब समुहका कार्यकर्ताहरुले स्थानिय गाउँघरमा चन्दा तथा फिरौती रकम माग गरेको प्रहरीलाई सूचना थियो ।

जसअनुसार अबान्छित गतिबिधीहरु संचालन गरी शान्ति सुरक्षालाई चुनौती दिई रहेको सूचना पछि गस्तीका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरु तिनै जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा राखेर थप अनुसन्धान कार्य जारी रहेको प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो ।