‘जुम्लामा विद्युत् पु¥याउन ठेक्का सम्झौता भइसकेको छ’

0
Shares

काठमाडौं, (नेस) ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय ग्रिडमार्फत विद्युत पु¥याउन टेन्डर भई ठेक्का सम्झौता भइसकेको बताउनु भएको छ ।

जुम्लाका सांसद गजेन्द्रबहादुर महतलले विद्युत् समस्या समाधान गर्न गरेको फोन नियोजित रुपमा नउठाएको भन्ने आरोमा सत्यता नरहेको घिसिङले प्रष्ट पार्नु भएको छ । सांसद महतले मंगलबार संसदमा घिसिङले आफ्नो फोन नउठाएको गुनासो गर्नुभएको थियो ।

‘केही दिनअघि उहा“ले फोन गर्नु भएको रहेछ, म बैठकमा थिए“, पछि कल ब्याक गर्छु भन्दा भन्दै बिर्सिए छु,जुम्लाको विद्युत् समस्या समाधान गर्न प्राधिकरणले गम्भीर रुपमा काम गरिरहेको छ,’ उहा“ले भन्नुभयो । ‘जुम्लामा वितरण तथा ग्राहक सेवा केन्द्र खोल्ने निर्णय भइसकेको छ, सुर्खेतबाट ८१ किलोमिटर ३३ केभी प्रसारण लाइन लैजान गत जेठमै ठेक्का सम्झौता गरी ठेकेदारले सर्वेक्षण अन्तिम चरणमा पु¥याएको छ, डेढ वर्षभित्रमा ग्रिड पु¥याउने लक्ष्यका साथ काम गरिरहेका छौं ।’

उहा“ले राष्ट्रिय ग्रिड नपुगेसम्म तत्कालका लागि अस्थायी रुपमा डिजेल जेनेरेटरमार्फत जुम्लामा विद्युत् आपूर्ति गर्ने विकल्पका बारेमा पनि छलफल भइरहेको बताउनु भयो ।

उहा“ले प्राधिकरणको स्वामित्वमा रहेको रहेको लघु जलविद्युत स्थानीय उपभोक्ता समितिले भाडामा लिएर चलाएको बताउनुभयो ।‘ लिज सम्झौतामा मर्मत सम्भारको सम्पूर्ण जिम्मेवारी उपभोक्ता समितिकै रहेछ, त्यसैले हामीले केही गर्न सक्दैनौं,’ घिसिङले भन्नुभयो ।