कृषि विकास बैंकको नाफामा २० प्रतिशतको वृद्धि

0
Shares

काठमाडौं, (नेस)  ।
कृषि विकास बैंकले नाफामा २० प्रतिशतले वृद्धि गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा बैंकले कर पछिको खुद नाफा ४ अर्व ३५ करोड आर्जन गरेको छ । जुन नाफामा अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढी हो । बैंकको वितरणयोग्य नाफामा करिब ८ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै बैंकले गत आर्थिक वर्षमा १ खर्ब १९ अव रुपिया“भन्दा बढी निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा बैंकको कर्जा लगानी १ खर्ब १० अर्ब पुगेको छ ।

यस्तै, बैंकको पु“जी कोष २० दशमलव ३३ प्रतिशत, निस्त्रृmय कर्जा २ दशमलव ९ प्रतिशत, इक्विटीमा प्रतिफल १७ दशमलव ३५ प्रतिशत तथा प्रतिशेयर आम्दानी करिब ४४ दशमलव ६६ रहेको छ ।

मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, भिसा कार्ड, एटीएम सेवा, आस्बा, सि–आस्बा, डिम्याट सुविधा, इन्टरनेट बैकिङ, आईपीएस, लकर लगायतका बैंकिङ सेवाहरु उपलब्ध गराउ“दै आएको छ । हालसम्म बैंकका २७४ वटा शाखा सञ्चालनमा छन् ।