एनआईसी एसिया बैंक र होटल ह्यारिसन प्यालेसबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
एनआईसी एसिया बैंक र होटल ह्यारिसन प्यालेस विराटनगरबीच बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीलाई होटलका विभिन्न सेवा सुविधामा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटल ह्यारिसन प्यालेसको तर्फबाट होटलका म्यानेजर प्रदीप पोखरेलले हस्ताक्षर गर्नुभयो । यसबाट प्रदेश १ को मुख्य शहर विराटनगर घुम्न जानुहुने बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैकको मुलुकभर २९५ शाखा कार्यालय, ३२० एटीएम, ५५ वटा एक्स्टेन्सन काउन्टर एवम् ४१ वटा शाखारहित बैंकिङ सेवामार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले आफ्ना १७ लाखभन्दा बढी ग्राहक रहेको जनाएको छ ।