स्थापना दिवसमा सौर्य विद्युत् उत्पादक संघले ग¥यो वृक्षारोपण

0
Shares

काठमाडौं, (नेस) ।
नेपाल सौर्य विद्युत् उत्पादक संघको १९औं स्थापना दिवसको अवसरमा टोखा नगरपालिका–३ भुतखेलस्थित इन्द्रायणी सामुदायिक वनमा विभिन्न फलफूलका विरुवा रोपिएको छ ।

नवीकरणीय ऊर्जा प्रविधि महत्व र उपयोगका लागि सक्रिय रहेका विभिन्न निकाय तथा संघसंस्थाका प्रतिनिधित्व सहभागतामा सम्पन्न उक्त कार्यक्रममा वातावरण संरक्षणको लागि, जलवायु परिवर्तनको असर न्यूनीकरणको लागि र सौर्य विद्युत् ऊर्जा प्रणालीबाट ऊर्जाको सहज र सुनिश्चित आपूर्ति हुन सकेको र नेपालमा सौर्य विद्युत् प्रविधिलगायतका नवीकरणीय ऊर्जाका प्रविधिहरु उपयोग सफलतापूर्वक गरिएको सन्दर्भमा चर्चा गरिएको थियो ।

उक्त अवसरमा पूर्वमन्त्री गणेश साहले नेपाल सौर्य विद्युत् उत्पादक संघको १९आंै स्थापना दिवसको अवसरमा बधाई तथा शुभकमना व्यक्त गर्दै संघले शहरी वातावरणका लागि समेत सकारात्मक प्रभाव पर्न सक्ने गरी वृक्षारोपण कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नवराज ढकाल, नवीकरणीय ऊर्जा परीक्षण केन्द्रका कायममुकायम महाप्रबन्धक डा. रवीन्द्र ढकाल, नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले वृक्षारोपण र नवीकरणीय ऊर्जा प्रविधिको अन्योन्याश्रित सम्बन्ध रहेको चर्चा गर्दै संघको स्थापना दिवसका अवसरमा बधाई तथा शुभकमना व्यक्त गर्नुभयो ।

संघका अध्यक्ष किरण गौतमले संघले संघको १९औं स्थापना दिवसको अवसर अयोजित वृक्षारोपण कार्यक्रमबाट वातावरण संरक्षणका लागि संघले सानो प्रयास थालेको र विभिन्न निकाय, सरोकारवाला र मिडियासमेतको सहयोगमा आगामी दिनहरुमा यस प्रकारका कार्यक्रमहरु संघले आयोजना गर्दै जानसक्ने विश्वास व्यक्त गर्नुभयो । यस कार्यक्रममा १९ वर्षको प्रतिकस्वरुप १९ प्रकारका विभिन्न विरुवा रोपिएको जानकारी पनि गराउनुभयो ।