नेप्सेमा उच्च गिरावट

0
Shares

काठमाडौैं, (नेस) ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ९ दशमलव ३६ अंकले घटेर १२ सय ४५ दशमलव ७३ को अंकमा झरेको छ ।

यस दिन कुल १ सय ६९ कम्पनीको १४ लाख ४९ हजार ६९७ कित्ता शेयर ४५ करोड ७ लाख ५५ हजार रुपिया“ बराबरको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी कृषि विकास बैंकको भएको छ । जसको कारोबार ८ करोड ५४ लाख ४१ हजार रुपिया“ बराबरको भएको छ ।

मंगलबार सबैभन्दा धेरै कमाउनेमा जोशी हाइड्र«ोपावरका लगानीकर्ताहरु रहेका छन् । सो कम्पनीको शेयर मूल्यमा २ दशमलव ७४ प्रतिशतले बढेको छ । त्यस्तै सर्वाधिक गुमाउनेमा सपोट माइक्रोफाइनान्सका लगानीकर्ताहरु रहेका छन् । यस कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले घटेको छ ।