राष्ट्र बैंकको नीतिले बैंकरहरू अन्योलमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
पछिल्लो विकसित घटना क्रममा बैंकहरू मत बा“झिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको नया“ निर्देशिकापछि बैंकरहरूको मत बा“झिएको हो ।

राष्ट्र बैंकले जारी गरेको नीतिलाई स्वीकार गर्ने कि त्यसलाई चुनौती दिने भन्ने विषयमा बैंकहरुबीच मत बाझिएकोे स्रोतको भनाइ छ । स्रोतका अनुसार राष्ट्र बैंकले तोकेको उमेर हदलाई अदालतमार्फत चुनौती दिनुपर्ने केहीको राय छ भने कतिपयले स्वीकार गर्नुपर्ने बताएका छन् । राष्ट्र बैंकको गरेको नया“ व्यवस्थाअनुसार अब ६५ वर्ष उमेर नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त वा पुनर्नियुक्त हुन पाउने छैनन् । यसअघि नै प्रमुख कार्यकारी अधिकृत नियुक्त भइसकेको भए ६९ वर्षसम्ममात्रै काम गर्न पाउनेछन् । ६९ वर्ष नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको सीईओ पदमा बहाल रहन नसक्ने राष्ट्र बैंकले व्यवस्था गरेको हो ।

यसैगरी राष्ट्र बैंकले बैंक सञ्चालकका लागि पनि उमेर हद तोकेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशनलाई संशोधन गर्दै सञ्चालक पदमा निर्वाचित हुनका लागि अधिकतम् उमेर ७० वर्ष तोकेको छ । ७० वर्षअघि नै सञ्चालक भइसकेको भए ७४ वर्ष पुगेपछि पद त्याग्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
त्यस्तै राष्ट्र बैंकको स्पेड गणना विधिमा ल्याएको नया“ नीतिका कारण बैंकको नाफा घट्ने भएपछि यसअघि बैंकर एसोसिएसनमा भएको ब्याजदरको भद्र सहमति तोड्ने सम्बन्धमा बैंकरहरूले छलफल चलाएका छन् । बैंकका सञ्चालकहरुले नाफा बढाउन दबाब दिने भएकाले आगामी दिनमा त्यो दबाब थेक्नका लागि अब ब्याजदरको भद्र सहमति तोड्नुपर्ने राय एकथरी बैंकरको छ ।

त्यसबाहेक बैकइन्स्योरेन्स विषयमा केन्द्रीय बैंकले लगाएको रोकको विषयले पनि बैंकर दबाबमा परेका छन् ।