टाटा मोटर्स कार्निभल १०३ गाडी बुक

0
Shares

काठमाडौं, (नेस) ।
नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको कार मेलालाई यस वर्ष टाटा मोटर्स कार्निभल नाम दिई टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजना गरेको थियो ।

चार दिनसम्म चलेको टाटा मोटर्स कार्निभल ग्राहकबाट निकै नै राम्रो प्रतिक्रिया समेत प्राप्त गर्न सफल भएको कम्पनीको भनाइ छ । प्रतिष्पर्धी बजारलाई ध्यानमा राखि बजारमा रहेको भन्दा फरक र आकर्षक छुट, अन्तर्राष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकलाई पूर्णरुपमा सन्तुिष्ट र लाभ प्राप्त भएको सिप्रदी टे«डिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताउनुभयो । उक्त टाटा कार्निभल कार्यक्रममा विभिन्न मोडलका १०३ थान नया“ गाडी बुकिङ भएको कम्पनीले जनाएको छ ।