छोरीको भेषमा जेलबाट भाग्न खोज्ने कैदी पक्राउ

0
Shares

रियो डि जेनेरो,(एजेन्सी) ।
आफ्नी १९ वर्षिया छोरीको भेष धारण गरेर कारगारबाट भाग्न खोजेको अभियोगमा ब्राजिलमा एकजना कुख्यात लागु औषध तश्कर पक्राउमा परेका छन् । राजधानी रियो डि जेनेरो स्थित सो कारागारका अधिकारीहरुले सार्वजनिक गरेको एउटा भिडियोमा ति कैदीले विग , सिलिकन मास्क , ब्रा र टाइट फिटिंग टि – सर्ट लगाएको देखिन्छ ।

ति ४२ वर्षिय कैदीले आफुले प्रयोग गरेका सम्पूणर्् चिज एक एक गरी खोलेर देखाउँदा उनको सुगठित शरिर देखिन्छ । सरकारी अधिकारीहरुले उनकी पुत्री माथि कैदीलाई भगाउन मद्धत गरेको अभियोग लगाइन सक्ने बताएका छन् । तिनीहरुले ति छोरी रियो डि जेनेरो स्थित बान्गु ३ नामक कारागारमा ७३ वर्ष १० महिना कैद संजाय भोगिरहेका आफ्ना पिता क्लाउभिनो दा सिल्भालाई भेट्न आएका ेबताएका छन् ।

कारगारका अधिकारीहरुले उनले आफ्नी छोरीलाई कारगारम ैछाडेर उनको भेषमा त्यहााबाट भाग्ने मनशाय बनाएको जनाएका छन् । तर उनको सो कार्य भण्डारफोर भएपछि उनका तस्वीर र भिडियो पत्रकार समक्षा सार्वजनिक गर्दै उनलाई पुन थुनिएका ेहो । सिल्भलाई भेट्न आएका उनकी छोरी र अन्य सातजना व्यक्ति माथि अनुसनधान भइरहेको बताइएको छ ।


ब्राजिलमा विगतमा पनि धेरैचोटि यस्तो घटना घटिसकेको बताइएको छ । गत वर्ष एकजना पेरुभियन कैदीले जेलमा भेट्न आएक आपना जुम्ल्याहा भाईलाई नशालु पदार्थ ख्वाएर बेहोश पारी उनलाई जेलमा छाडेर आफु भाग्न सफल भएक थिए । उनलाई सो घटनाका ेएक वर्षपछि पुन पक्राउ गरिएको थियो ।