ओवामाद्वारा जातीय विवाद ल्याउने कुरा नसुन्न आह्वान

0
Shares

वासिंगटन,(एजेन्सी) ।
अमेरिकाको पुर्व राष्ट्रपति वाराक ओवामाले अमेरिकी जनतालाई आफ्ना नेताहरुको घृणा फैलाउने र जातिवाद भड्काउने कुरा नसुन्न मंगलवार आब्हान गरेका छन् । तर उनले नेताहरुका ेनाम भने किटेका छैनन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको आपैवासी विरुद्धको कडा नीतका कारण देशमा हिस बढिरहेको भन्ने आलोचना चलिरहेको समयमा ओवामाको यो प्रतिक्रिया बाहिर आएका हो ।

सोमवार एक भाषणमा ट्रम्पले मानव जाति प्रतिको पूर्वाग्रयुक्त घृणा र गारा जातिको अहम भावनाको आलोचना गरेका थिए । ट्रम्पले टेक्सास र ओहायोमा ३१ जना मानिसको ज्यान जानेगरी भएके गोलीकाण्डलाई लिएर बोल्ने क्रममा त्यसरी आलोचना गरेका थिए । आफ्नो राष्ट्रपतिय कार्यकालमा ओवामाले बन्दुक माथि प्रतिवन्ध लगाउन गरेको समपूर्ण प्रयास असफल भएके थियो ।

ओवामाले ट्रम्पको भनाईलाई इँगित गर्दै जातिय भेदभाव फैलाउन नहुने र अमेरिकामा सबै एउटा जस्तो समान जनता रहेको बताएका छन् । अमेरिकामा लागु औषध कारोवार लगायत अन्य अपराधहरुबढ्नुको एउटा प्रमुख कारण मेक्सिकोको खल्ला सिमानालाई पनि मानिएको छ। ट्रम्पले आफ्नो राष्ट्रपतिय चुनावी अभियानको दौरान मेकिस्को सिमानमा पर्खाल लगाउने प्रतिवद्धता जाहेर गरेका थिए ।

उनले हाल सम्म सो पर्खाल निर्माण कार्य शुरु गर्न नसके तापनि सिमाक्षेत्रमा थुप्रै सुरक्षाकर्मि परिचालन गरिसकेका छन् । तर मेक्स्किाबाट अवैध ढंगले अमेरिका प्रवेश गर्न खोज्नेहरुमाथि ज्यादती गरेको भन्द ैअन्तर्राष्ट्रिय मानव अधिकारवादी समुहहरुले ट्रम्प सरकारको विरोध गर्दै आएका छन् ।