वडा कार्यालयमा बम हान्ने विप्लव कार्यकर्ता पक्राउ

0
Shares

नुवाकोट, (नेस) ।
वडा कार्यालयमा बम हान्ने विप्लवका एक कार्यकर्ता पक्राउ गरेका छन् । नुवाकोटको ककनी गाँउपालिका–१ को वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा प्रहरीले बेलकोटगढी नगरपालिका–५ का बच्चुराम लामिछानेलाई पक्राउ गरेको हो ।

प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध रहेर उनीसहितका व्यक्तिहरुले यही साउन १४ गते राती वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा लामिछानेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो । उहाँको अनुसार लामिछानेलाई आइतबार काठमाडौको किर्तिपुरस्थित उनले सञ्चालन गर्दै आएको स्टेसनरी पसलबाटै नियन्त्रणमा लिएर अनुसन्धानको लागि नुवाकोट ल्याइएको हो । सोमबार जिल्ला अदालतमा उपस्थित गराइएका लामिछानेलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिइएको छ ।

लामिछाने हाल किर्तिपुरमा व्यवसाय गर्दै आएकाले प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध नभएकाले रिहा गर्न परिवारले आग्रह गरेका छन् । नेकपा विप्लव समूहको खुला राजनीतिक गतिविधिको समयमा समर्थक भए पनि उक्त पाटीको क्रियाकलापलाई सरकारले प्रतिबन्ध लगाएसगैँ उहाँ व्यवसाय तर्फ लाग्नुभएकाले रिहा गरिदिन पक्राउ परेका लामिछानेको श्रीमति रश्मी ढुङ्गानाले माग गर्नुभयो ।