तुरतुरे तालको ताण्डव, तीन स्थानीय तह सम्पर्कविहीन

0
Shares

अनिल खत्री, गुल्मी ।
गुल्मी सिमाना र बाग्लुङ जिल्लाको तुरतुरेमा पहिरोले खोला थुनिएर बनेको कृतिम ताल फुटेर मध्ये पहाडी लोकमार्ग अबरुद्ध बनेको छ । करिव ७ घण्टा थुनिएर बनेको ताल एकैपटक नफुट्दा बडिगाड खोलाको तटिय क्षेत्रमा अरु क्षति भएको छैन् ।

तालको पानी सबै बगेर नदि पुरानै स्थीतिमा बग्न थालेको स्थानिय सञ्चारकर्मी राम सुवेदीले बताउनु भयो । बाग्लुङ जिल्लाको बढिघाट गाउँपालिका वडा नम्बर ७ र डोरपाटन नगरपालिका वडा नम्बर १ को तुरतुरे भन्ने स्थानमा चट्टान सहितको ठूलो पहिरो खोलामा खसेर ताल बनेको थियो ।

सोमबार ताल फुटेर मध्ये पहाडी लोकमार्ग बाटो बगाउँदा गुल्मीहुँदै बाग्लुङ बुर्तिबाङ सडक अबरुद्ध बनेको छ । ताल फुटेसँगै बढिघाट गाउँपालिकाको भिङगिठे अन्र्तगत मध्ये पहाडी लोकमार्ग सडकको २ सय मिटर पक्की मोटरबाटो समेत बगाएको छ ।

बाटो अबरुद्ध भएपछि त्यस स्थानमा खाद्यान्न लगायत अरु उपभोग्य सामाग्रीको अभावहुँने देखिएको छ । बाटो अबरुद्ध हुँदा तिनवटा स्थानिय तह निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, डोरपाटन नगरपालिकामा जाने सडक पूर्ण रुपमा बन्द भएको छ ।

बाटो बन्दा हुँदा बुर्तिबाङमा सवारी साधनहरु अलपत्र परेका छन् । बुर्तिबाङ पुग्ने सवारी साधानहरु प्नि बिच बाटोमै अलपत्र परेका छन् । बाटो मर्मत गर्न धेरै समय लाग्ने देखिएको छ । गत वर्षको भदौमा पहिरोले बनेको ताल एक वर्षपछि फुटेको हो ।

गत वर्ष पनि पहिरोले तालसँगै मध्यपहाडी लोकमार्ग अबरुद्ध बनाउदा झण्डै २ महिनापछि सडक सुचारु ग्रिएको थियो । बाटो बगाउँदा त्यस स्थानका स्थानियलाई पैदन यात्रा गर्न पनि बन्द भएको छ ।

बैकल्पिक सडक समेत नभएको अवस्थामा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि त्यहाँका स्थानियलाई सास्ती भएको छ । सडक अवरुद्ध भएको मध्यपहाडी लोकमार्गका विषयमा आयोजनाका इञ्जिनियरहरुसँग परामर्श भइरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री बताउनु भयो ।

सडक सुचारु ग्र्न तिनवटा स्थानिय तहका प्रमखहरु लागि परेतापनि सडक खुलाउन धेरै समय लाग्ने स्थानिय सञ्चारकर्मी राम सुबदीले बताउनुभयो । ताल फुटेपछि नदि किनारमा रहेका बाग्लुङका भिङगिठे, खारा, खरबाङ र गुल्मीका भुपाचिदी, मजुवा चोरकाटे उल्लीखोला, रिडीसम्मका नदि किनारका मानिसहरु उच्च जोखिममा परेका थिए ।

गत वर्ष सो पहिरोले ताल बनेको बाग्लुङका सिमल चौरका ४ घर डुबानमा परेका थिए । पहिरोमा जोखिमपूर्ण यात्रा गर्दा एक जनाको ज्यान पनि गएको थियो ।