सुगर बढेपछि सिंह अस्पताल भर्ना

0
Shares

काठमाडौं (नेस) ।
ज्वरो र सुगर बढेपछि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अस्पताल भर्ना हुनुभएको छ । उहाको पिसाबमा पनि संक्रमण देखिएको छ ।

असहज महशुस भै चार÷पाच दिन देखि घरमै आराम गरिरहेका सिंहलाई अस्ति सोमबार अस्पताल लगिएको हो ।

एक्कासी ज्वरो बढेपछि अस्पताल ल्याईएको बताउदै नेता सिंहका सहयोग युपि लामिछानेले सुगर पनि बढेकोले अस्पतालमै राखेर उपचार भैरहेको बताउनु भएको हो । मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएको सिंहको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकले बताएका छन् ।