समग्र शिक्षा प्रणालीको सुधार आवश्यक

0
Shares

काठमाडौं (नेस) ।
उद्योगी तथा व्यवसायी अरुणराज सुमार्गी र समग्र शिक्षा प्रणालीको सुधार नगरे सम्म समाजमा आर्थिक र सामाजिक सुधार नहुने बताउनु भएको छ । आध्यात्मीक चिन्तक समेत रहेका सुमार्गीले आफ्नै मुलुक भित्रको स्रोत साधनबाट समग्र विकास सम्भव भएको पनि औल्याउनु भएको छ ।

त्रिचन्द्र क्याम्पसमा पोष्ट ग्रयाजुयट डिप्लोमा इन काउन्सेलिङ साईकोलोजीका विद्यार्थिहरुलाई मंगलबार विहान दुईघण्टा पढाउदै उहाले पहिले आफ्नै मानसिकतामा परिवर्तन ल्याउन जरुरी भएको बताउनु भएको थियो ।

धर्म, संस्कार, दर्शन, अर्थवेद बारे जानकार सुमार्गि व्यवसायीक घरानाको सदस्य हुन । उहा सुमार्गी ग्रुपका सेकेन्डम्यान पनि हुन । नेपालबाट मजदुर र प्राज्ञिक व्यक्तित्वहरु विदेश पलाएन भैरहेको बेला पोष्ट ग्रयाजुयट डिप्लोमा इन काउन्सेलिङ साईकोलोजीका विद्यार्थिहरुलाई यसलाई रोक्ने उपाए सिकाउदै सुमार्गिले मुलत समग्र शिक्षा प्रणालीको सुधारबाटै सामाजिकर आर्थिक सुधार ल्याउन सक्ने तर्क गर्नुभएको थियो ।

रुपचन्द्र विष्ट, योगी नरहरीनाथलगायतका व्यक्तिहरुबाट प्रभावित सुमार्गीलाई त्रिचन्द्र क्याम्पसको पोष्ट ग्रयाजुयट डिप्लोमा इन काउन्सेलिङ साईकोलोजीका संयोजक डा. गोविन्दशरण उपाध्यायले विशेष अनुरोध गरि २ घण्टा अध्यापन गराउन लगाउनुभएको थियो । सो अवसरमा सुमार्गिले नेपालमा उद्योग व्यवसायीले भोग्नुपरेको समस्याको बारेमा पनि बताउनुभएको थियो ।