ग्यासको मूल्य घट्यो, पेट्रोल/डिजेल/मट्टितेलको बढ्यो

0
Shares

काठमाडौँ, (नेस) ।

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ भने पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल÷मट्टितेलमा ५० पैसा बढाएको छ ।

निगमका अनुसार भारतीय आयल निगमको नयाँ मूल्यसूची समायोजन गर्दा ग्यासको घटेको र पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो ।

नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ९, डिजेल र मट्टितेल प्रतिलिटर ९७÷९७ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

उक्त मूल्य मंगलबार राति १२ बजेदेखि लागू भएको निगमका प्रवक्ता वीरेन्द्र गोइत सञ्चारमाध्यमलाई जानकारी दिनुभयो ।