सुनाहा जातिको अस्तित्व खतरामा, स्थानीय निकायको पहल शून्य

14
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
महाकाली नदी छेउमै चार वटा साना–साना घरका चार बस्ती छन् । भीमदत्त नगरपालिका–१२ र १३ मा पर्ने ती बस्ती ऐरी, ओदाली, पिपरिया र भुजेलास्थित महाकाली नदि छेउमै छन् । ती चारबस्तीमा लोपोन्मुख सोनाहा जातीको बसोबास छ । यो ठाउँ सुदूरपश्चिम प्रदेशको एउटा मात्र सुनाहा जातीको बसोबास भएको ठाउँ हो ।

ती चार बस्तीमा गरी झण्डै ४ सय २० जना सुनाहा जाती बसोबास गर्छन । बर्दियाको राजापुरमा सुनाहा जातीको बाक्लो बसोबास छ । सुनाहा जातीको प्रमुख पेसा ‘सुन छान्ने’ हो । त्यसैले गर्दा पनि सुनाहा जातीका मानिस नदिबाट सुन छान्नका लागि नदि किनारमै बसोबास गर्ने गरेका छन् । सुन छानेर नै जीविकोपार्जन गरिरहेका सुनाहा जातीका लागि महाकाली नदिले भने साथ दिएको छैन ।

महाकाली नदिमा सुन नपाइएपछि सुन छानेर परिवार पाल्नु पर्ने अवस्था रहेका सुनाहा जातीको पुख्र्यौली पेसा नै संकटमा परेको छ । महाकाली नदिमा सुन नहुनु तथा यहाँका सुनाहालाई सुन छान्ने सिप नहुँदा पुख्र्यौली पेसा छोडेर अन्य पेसा अंगाल्नु परेको बताउँछन् । महाकाली किनारमा बसोबास गरिरहेका सुनाहालाई भने सुन चाल्ने कुनै जानकारी वा सिप पनि छैन ।

‘हाम्रा पुर्खाहरुले कर्णाली नदीमा सुन चाल्थे भन्ने सुनेका छौँ ।’ सुनाहा समुदायका अध्यक्ष लक्ष्मण सुनाहाले भने, ‘तर हामीलाई त्यसबारे कुनै सिप छैन ।’ उनका अनुसार बर्दियाको राजापुरमा बसोबास गरिरहेका केही सुनाहाले अहिले पनि विभिन्न ठाउँमा सुन चाल्न काम गरिरहेका छन् । ‘केही समय अगाडि राजापुरबाट सुन चाल्ने सिप भएका महिलाहरु महाकालीमा सुन कति छ भनेर हेर्न आएका थिए । तर यहाँ सुन नभेटिएपछि उनीहरु फर्केर गए ।’ उनले भने ।

विकल्पमा अन्य पेसा
यहाँका सुनाहा जातीको पुख्र्यौली पेसा संकटमा पर्दै गएपछि जीविकोपार्जनका लागि अन्य बिकल्पका पेसा खोज्न थालेका बताउँछन् । महाकाली नदी किनारका सुनाहा जातीको यहाँ पुख्र्यौली पेसा स्थापीत हुन नसकेपछि नदीबाट माछा मार्ने, दाउरा संकलन गर्ने गरेका छन् । यद्यपी हाल भने बाढिले गर्दा महाकाली नदीमा माछा समेत मार्न सकिने अवस्था नरहेको उनिहरु बताउँछन् ।

पुख्र्यौली पेसा दरिलो रुपमा स्थापीत हुन नसकेपछि माछा मारेर परिवार पाल्दै आएका सुनाहा समुदायका मानिस माछा मार्न नपाएपछि अहिले भने बिचल्लीमा परेका छन् । माछा मारेर जीवन चलाइरहेका भीमदत्त नगरपालिका–१२ ऐरीका प्रेमबहादुर सुनाहा माछा नपाइएपछि घरखर्च चलाउन समस्या भएको बताउँछन् । सुनाहा जातीले माछा मारेर जीविकोपार्जन गर्दै आएका थिए ।

परिवार पाल्ने र बालबालिका पढाउने काम त्यही पेसाबाट गरिरहेका थिए । माछाको पेसा पनि संकटमा परेपछि सुनाहा समुदायका मानिस समस्यामा परेका छन् । उनिहरु बिकल्पका रुपमा अन्य पेसा तर्फ लाग्न थालेका हुन । माछा मार्न नपाएपछि महाकाली नदी किनारका सुनाहा समुदायका स्थानीयहरु गिट्टी, बालुवा चाल्ने तथा बर्षात्मा दाउरा संकलन गरेर घरखर्चको जोहो गरिरहेको बलदेव सुनाहाले बताए ।

जमीन नै छैन
विभिन्न समस्या झल्दै आएका महाकाली नदी किनारका सुनाहा समुदायका ंमानिसहरुसंग पर्याप्त जमीनको पनि अभाव रहेका बताएका छन् । चार बस्ती गरी झण्डै ६५ परिवारमध्ये १५÷२० परिवार सुकुम्बासी छन् । जमीन भएकाहरुसंग समेत २÷३ कट्टादेखि बढिमा ५÷६ कट्ठा मात्रै जमीन छ । खेतीपातीबाट हुने उत्पादनले ६ महिना पनि खान नपुग्ने बलदेवले गुनासो पोखे ।

पहिचान मेटियो, सरकारी पक्ष बोलेन
सुनाह समुदायका मानिसहरुले आफुहरुको पहिचान नै मेटिएको गुनासो गरेका छन् । सुनाहा समुदायका मानिसहरुले ‘सुनाहा जाती’ जातीको सुचिमा सुचिकृत नै नभएकाले पहिचान नै गायब पारिएको गुनासो गरेका छन् । पछिल्लो अवस्थामा सुनाहा समुदायको पहिचान नै धरापमा परेको छ ।

आफ्नो समु्दाय/जातीले पहिचान गुमराह गराउन खोजेको र आफ्नो समुदायलाई जबरजस्ती थारुहरुको संज्ञा दिन खोजिएकोे लक्ष्मण सुनाहाले गुनासो गरे । ‘सुनाहा’ जातीमा सुचिकृतका लागि स्थानीयस्तर तथा केन्द्रस्तरबाट कुनै कदम नै नचालेर आफुहरुको ऐतिहासिक पहिचान, अस्तित्व नै धरापमा परेको गुनासो गरे । स्थानीय तथा केन्द्रस्तरबाट नै आफुहरुको सवालमा कुनै पहल नचालिएको उनको भनाइ छ । सुनाहा समुदायको संरक्षण तथा ऐतिहासिक पहिचान संरक्षणका लागि सबै निकायले चासो देखाउनु पर्ने उनिहरुको माग छ ।

सुनाहा जातीको मागः स्थानीय निकाय निरिह
यहाँका सुनाहा समुदायका अगुवाले स्थानीय सरकारसंग पहिचान कायमका लागि जाती सुचिकृतका साथै विभिन्न सीपमूलक तालिमको व्यवस्था गर्नुपर्ने माग गरे । सिंहदरबारको अधिकार गाउँ–गाउँमा भनिरहदा स्थानीय सरकारले सुनाहा समुदायका लागि केही गर्न नसकेको उनिहरुले गुनासो गरेका छन् ।

सुनाहा समुदायका अगुवाले स्थानीय सरकारसंग अन्य समुदायलाई झै उनिहरुलाई पनि विभिन्न किसिमका सीपमूलक तालिमको व्यवस्था गर्नु पर्ने माग गरेका छन् । ‘पुख्र्यौली पेसा हराउदै गयो, परिवार पाल्नै नसकिने भयो ,’ बलदेव सुनाहाले भने, ‘अब काम गर्न पनि सिप छैन, खेतीपाती गर्न जमिन पनि छैन ।

त्यसैले रोजगारीका लागि तालिमको व्यवस्था मिलाउनु प¥यो ।’ ऐतिहासिक पहिचान संरक्षणका लागि स्थानीय सरकार तथा सम्बन्धित निकायले पहल कदमी चाल्न आवश्यक रहेका बताउँदै सुनाहा समुदायका अध्यक्ष लक्ष्मण सुनाहले भने, ‘केही सीपमूलक तालिम पनि दिइएको छैन । स्थानीय तहबाट तालिमको व्यवस्था गरेर हामीलाई पनि जीविकोपार्जनका लागि सहयोग पुग्ने थियो ।’