पर्खाल निर्माणका विषयमा विवाद हुँदा वीरगंजमा गोली चल्यो

0
Shares

वीरगञ्ज ।
पर्खाल निर्माणको विषयमा विवाद हुँदा वीरगञ्जमा गोली चलेको छ । वीरगञ्ज महानगरपालिका १८ भवानीपुरमा वृजेशकुमार पटेल र मोहन साहबीच विवाद हुँदा साहका छोराले गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीले मोहन साह र उनका छोरा कुन्दनलाई पक्राउ गरेको छ ।

पटेल र साहबीच झगडा हुँदा साहका छोराले घरमा राखेको बन्दुक निकालेर गोली चलाएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । घटनास्थलबाट फायर भएको १ राउण्ड कार्टिज फेला पारेको प्रहरीले जनाएको छ ।

मोहन साहको घरमा खानतलासी गर्दा एउटा १२ बोर बन्दुक त्यसमा लाग्ने ४ राउण्ड लाइभ कार्टिज बरामद गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले बताए ।