मोटरसाइकल जोगाउँदा अटो दुर्घटना, तीन घाइते

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।
सिन्धुलीको दुधौली नगरपालिका –१० लखिमा पुल स्थित भित्री सडक खण्डमा मंगलवार अटो दुर्घटना हुदाँ तिन जना घाईते भएका छन् ।
दुर्घटनामा परी घाईते भएका मध्ये दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा दुधौली नगरपालिका –९ का ६४ बर्षका रेवन्त श्रेष्ठ, सोही ठाउँका बर्ष ४९ का निर्प राज भट्टराई र बर्ष ५१ का बेते सार्की घाईते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिँहले बताउनुभयो ।

उहाँका अनुसार श्रेष्ठको दुबै हात भांचिएको र भट्टराईको अनुहार भरि चोट तथा बांया हात भांचिई दुवै जनाको अबस्था गम्भिर रहेको छ । घाईते दुवै जनालाई स्थानिय हेन्स अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि काठमाण्डौं तर्फ पठाईएको उहाँले जानकारी दिनुभयो ।

सार्कीको भने अवस्था सामान्य रहेकाले स्थानिय अस्पतालमा उपचार गरी घर फर्केका छन् । अटोमा ५ जना सवार थिए ।