भुकम्प पीडितको लाभग्राही फाइल नै गायब 


राजेन्द्र गजुरेल, नुवाकोट। भुकम्प पिडितको लाभग्राहिको सुचिका आफ्नो नाम दर्ता गराएका भूकम्प पिडितको फाईल नै गायव भएको छ । नुवाकोटको विदुर नगरपालिका वडा नं १३ का भुकम्प पिडतले दर्ता गराएको ११ घरपरिवारको फाईल हराएको हो ।

‘एक वर्ष अगाडि नाम दर्ता गराएको तर आज सम्म पनि लाभग्राहिमा नाम ननिस्के पछि पुननिर्माण प्राधिकरण बुझ्न आउदाँ उक्त फाईल नै नभेटिएको विनपा १३ का नारायण श्रेष्ठ बताउनुहुन्छ ।’ ‘लाभग्राहिको सुचिमा नाम आउने आशामा नै एक वर्ष वित्यो , हामि गुनासोमा फारम भरी र¥यौ तर फाईल भने हराएको पत्तै पाईएन पिडित श्रेण्ठले बताउनुभयो ।’

६८ प्रतिशत पुननिर्माण सम्पन्न भईसकेको नुवाकोटमा कोहि भूकम्प पिडितको भने नाम दर्ता गराउदा समेत नाम ननिस्कने समस्या रहेको छ । विदुर १३ का नारायण श्रेष्ठ जस्तै पदम बहादुर रानामगर,हित बहादुर रानामगर,शेरबहादुर तामाङ,ईन्द्रमान तामाङ,आईतराम तामाङ,विनिसा तामाङ,गर्भ सिह,ं बाबुकाजि सारुमगर र तुलबहादुर रानामगरको फाईल हराएको हो ।

वडा कार्यालय बाट २०७५ भाद्र ११ गते दर्ता गराएर राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार जिल्ला आयोजना कार्यान्वयन इकाई नुवाकोटलाई उक्त फाईंलहरु बुझाईएको सोहि वडाका वडाध्यक्ष दलबहादुर तामाङले बताउनुभयो । राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार जिल्ला आयोजना कार्यान्वयन इकाई नुवाकोटले भने गत सालको असोज १८ गते केन्द्रमा पठाईएको आयोजनाले जनाएको छ ।

‘पिडितहरुको गुनासो पश्चात आयोजनाले फाईल खोज्दा कार्यालयमा नभेटाएकाले केन्द्रमा जानकारी गराउदाँ उता पनि नभएको र यता बाट केन्द्रमा उहाँहरुको फाईल पठाईएको तथ्याङक रहेको आयोजना प्रमुख शम्भु कुमार शाहले बताउनुभयो । शाहका अनुसार फाईल हराएकाहरुको नयाँ दर्ता गरीने बताउनुभयो ।

जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार नुवाकोटमा ७६ हजार ८ सय ९ लाभग्राहि संङख्या रहेकोमा हाल सम्म ७३ हजार ८ सय ३ (९६.०९ प्रतिशत)ले सम्झौता गरीसकेका छन् । निजि आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम लिनेमा ७३ हजार ३२(९८.०९), दोस्रो किस्ता लिनेमा ६७ हजार २ सय १३(८६.५१) र तेस्रो किस्ता लिनेको संङख्या भने ५१ हजार ५ सय ७९(६७.१५) रहेको आयोजना कार्यान्वयन इकाई जनाएको छ ।

त्यस्तै कोहिको फाईल हराएको छ भने कसैको वडा कार्यालयले सुनुवाई नै नगरेको पिडितहरुको गुनासो रहेको छ । सोहि वडामासपना राना,राम बहादुर रानामगर,शिव बहादुर थापामगर,पूर्णकुमारी रानामगर र खेनारण श्रेष्ठको गुनासो सुनुवाई नभएको पिडितहरुको गुनासो रहेको छ ।