बाबुले गरे आफ्नै छोरालाई चक्कु प्रहार


राजेन्द्र गजुरेल, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नं २ बट्टारमा एक बाबुले आफ्नै छोराको छातिमा चक्कु प्रहार गरेर गम्भिर घाईते बनाएका छन् । लामो समयदेखि बट्टारमा बसोबास गर्दै आएका बाबु ईद्रिस खानले छोरा समिर खानलाई चक्कुले छातिमा हानि घाईते बनाएको प्रहरीले जनाएको छ ।

आफ्नै व्यवसाय संञ्चालन गर्दै आएका खान परिवारको बाबु छोरा विच त्यस्तो दुष्मनी पनि नभएको स्थानियले बताएका छन । मंगलबार बिहान सामान्य घरायसी विबादका कारण बाबु ईद्रिसले छोराको शरीरमा पेट्रोल छर्कि चक्कु प्रहार गरेका हुन । घटना पश्चात स्थानियले तत्काल सोहि स्थानमा रहेको सापकोटा मेडिकल हलमा लगे पनि त्यहा उपचार सम्भव नभए पछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौ स्थीत ग्राण्डि अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ । घाईतेको अवस्था चिन्ताजनक रहेको छ ।

आफ्नै छोरालाई चक्कुले हानि गम्भिर घाईते बनाउने ईद्रिसलाई प्रहरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा सम्पत्तिको कुरा नमिल्दा उक्त घटना भएको खुल्न आएको जिल्ला प्रहरी प्रवत्ता तथा प्रहरी नायव उपरिक्षक राजेश थापाले बताउनुभयो ।