माछापोखरीमा डुबेर बालिकाको मृत्यु


झापा । माछापोखरीमा डुबेर झापामा १४ महिनाकी बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा बुद्धशान्ति गाउँपालिका ६ शान्तिनगर बस्ने खड्कबहादुर लिम्बूकी छोरी साखिम लिम्बू रहेको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको माछा पोखरीको छेउमा खेल्ने क्रममा दिउँसो १२ बजेको समयमा साखिम डुबेर बेहोस् भएकी थिइन्।

उनलाई उपचारको क्रममा विर्तामोडतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।