पोखरीमा २ युवकको शव फेला


लमजुङ । लमजुङको बेसीशहर नगरपालिका ३ गाउँशहरको रमाइलोडाँडास्थित पोखरीमा दुई जनाको शव फेला परेको छ । फेला परेको शव मर्स्याङ्दी गाउँपालिका ९ सिमपानीका २१ वर्षीय विकास विक र सो नगरपालिका ३ गाउँशहरका १८ वर्षीय रुकेश विकको रहेको प्रहरीले जनाएको छ ।

विकासको शव सोमबार राति र रुकेशको मंगलबार फेला परेको छ । दुवै जना घरबाट शनिबार खुदी जाने भनेर बिहान ११ बजे निस्किएका थिए । घुम्ने क्रममा पोखरीमा डुबेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

सोमबार भेटिएको विकको शवपरीक्षण लागि बेसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ भने आज भेटिएको शवको मुचुल्का उठाएर परीक्षणका लागि सोही अस्पतालमै ल्याइने प्रहरीले जनाएको छ ।