वन मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारको कार्यसम्पादन प्रभावकारी बनाउन प्रधानमन्त्री र मन्त्रीहरुबीच करार सम्झौता भएको साता दिन बित्न नपाउ“दै वन तथा वातावरण मन्त्रालयमा पनि मन्त्री र सचिवबीच त्यस्तो सम्झौता भएको छ ।

वनमन्त्री शक्तिबहादुर बस्नेत र मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीबीच सोमबार वार्षिक करार सम्झौता भएको छ । मुलुकको आवश्यकता र जनअपेक्षालाई पूरा गर्न यस्तो सम्झौता भएको बताउ“दै मन्त्री बस्नेतले सुशासनलाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
‘दण्ड र पुरस्कारको व्यवस्थालाई पारदर्शी बनाउन प्रधानमन्त्रीले मन्त्री र मन्त्रीले सचिवसहित मातहतका विभागीय प्रमुखसँग करार सम्झौता गर्ने नीति आएको हो, यसका लागि हामी सबैले सुशासनलाई प्राथमिकतामा राख्नैपर्छ, उहा“ले भन्नुभयो ।

सो अवसरमा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले इतिहासमै पहिलोपटक सरकारले मन्त्रीहरुस“ग कार्यसम्पादन सम्झौता गरेको र त्यसले मन्त्रीलाई र कर्मचारीलाई आत्मअनुशासित बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले निर्धारण गरेका योजनालाई कार्यसम्पादन सम्झौतामा समेटिएको जानकारी दिनुभयो । उहा“ले मन्त्रालयले गत वर्ष तय गरेका योजनमध्ये भौतिकतर्फ ८८ प्रतिशत र वित्तीयतर्फ ८५ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो ।