वायु निगमबाट लगानीको प्रतिफल आउनुपर्नेमा जोड

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमले आफूस“ग भएका जहाज पूर्ण उपयोग गरी आम्दानी बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिनुभएको छ । सोमबार निगमका उच्च अधिकारीहरुस“गको छलफलका क्रममा उहा“ले जनशक्तिको पूर्ण सदुपयोग गर्न, राज्यले गरेको लगानीको प्रतिफल आउने गरी कार्ययोजना अगाडि बढाउन निगमलाई निर्देशन दिनुभएको हो ।

कार्यक्रममा उहा“ले विमान सञ्चालन गर्ने संस्थाले विमान थप्दै जानु आवश्यक भएको तर विमान खरिद प्रक्रियालाई पूर्ण पारदर्शी बनाई बाहिर कुरा काट्ने स्थिति नआउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहा“ले विमानस्थलहरुको संख्या थपिं“दै गएको सन्दर्भमा सबैतिर सेवा पु¥याउन सल्लाह दिंदै आगामी मंसीरमा निजगढ विमानस्थलको शिलान्यास गरिने जानकारी गराउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यले निगमको ऋण र पु“जीमा सन्तुलन आवश्यक भएको भन्दै त्यसमा सरकारको सकारात्मक सहयोग रहने तर स्पष्ट व्यावसायिक योजना प्रस्तुत गर्न आह्वान गर्नुभयो ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमले गरेका उपलब्धिबारे प्रकाश पार्दै अघिल्लो वर्ष ६ लाख ५० हजार यात्रु बोकेर अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा बढी यात्रु बोक्न सफलता पाएको थियो र ८६ प्रतिशत सिट क्षमतामा उडान गरिएको जानकारी दिनुभयो। निगमले सेवाको स्तर वृद्धि गर्नुका साथै सुरक्षालाई उच्च प्राथमिकतामा राखी अगाडि बढेको बताउ“दै पु“जी र ऋणबीच सन्तुलन हुनुपर्छ भन्ने अवधारणाले सरकारबाट २० अर्व रुपिया“को लगानी खोजेको बताउनुभयो ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुवास डा“गीले बढ्दो उड्डयन क्षेत्रलाई ध्यानमा राखी निगमका लागि एकमुष्ठ १५ वटा विमान किन्नुपर्ने बताउ“दै क्षमतावान संस्था बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।