बैंकिङ क्षेत्रमा समाचार लेख्ने पत्रकारलाई तालिम

0
Shares

काठमाडौं, (नेस)  ।
आर्थिक विषयमा पत्रकारिता गर्दै आएका २५ जना पत्रकारले सोमबार बैंकिङ तालिम प्राप्त गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल बैंकिङ इन्स्टिच्युट (एनबीआई) को सहकार्यमा बैंकिङ क्षेत्रमा समाचार लेख्ने पत्रकारलाई तालिम दिइएको हो ।

विभिन्न सञ्चारमध्यममा आबद्ध पत्रकारलाई तालिम दिनेक्रममा बैंक तथा वित्तीय क्षेत्रको समाचार लेख्दा हुन सक्ने त्रुटीमा तालिम केन्द्रित गरिएको थियो । उक्त तालिम कार्यक्रमलाई सम्बोधन गर्दै एनबीआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जिव सुब्बाले एनबीआईले पत्रकारहरुलाई तालिम दिएर सही सूचना आम पाठकबीच प्रवाह गर्न पाए इन्स्टिच्युटको उद्देश्य पूरा हुने धारणा राख्नुभयो ।

नाफिजका अध्यक्ष सिताराम भट्टराईले आर्थिक पत्रकारको क्षमता अभिवृद्धि संघको प्रमुख उद्देश्य रहेको जनाउं“दै एनबीआईले यसमा सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्नुभएको थियो । सहभागी पत्रकारहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी समाचार लेख्दा अत्यन्तै सम्वेदनशील हुन समेत उहा“ले आग्रह गर्नुभयो ।

नाफिज र एनआईबीबीच आर्थिक पत्रकारहरुलाई नियमित तालिम दिने गरी भएको सम्झौता अनुरुप तालिम सञ्चालन थियो । सम्झौता अनुरुपका नियमित तालिमका अलावा आवश्यकता अनुसार तालिमको आयोजना गर्न आफूहरु तयार रहेको जानकारी एनबीआईका सीईओ सुब्बाले सो अवसरमा दिनुभएको थियो । आर्थिक पत्रकार तथा बैंक बिज्ञ राजु नेपालले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।