बैंकका सञ्चालक र सीईओको उमेरहद तोकियो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि उमेर हद तोकेको छ ।‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत कार्यविधि, २०७५ लाई संशोधन गर्दै सोमबार राष्ट्र बैंकले उमेर हद तोकेको हो ।

राष्ट्र बैंकको गरेको नया“ व्यवस्थाअनुसार अब ६५ वर्ष उमेर नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त वा पुनर्नियुक्त हुन पाउने छैनन् । यसअघि नै प्रमुख कार्यकारी अधिकृत नियुक्त भइसकेको भए ६९ वर्षसम्ममात्रै काम गर्न पाउनेछन् । ६९ वर्ष नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको सीईओ पदमा बहाल रहन नसक्ने राष्ट्र बैंकले व्यवस्था गरेको हो ।

यसैगरी राष्ट्र बैंकले बैंक सञ्चालकका लागि पनि उमेर हद तोकेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशनलाई संशोधन गर्दै सञ्चालक पदमा निर्वाचित हुनका लागि अधिकतम् उमेर ७० वर्ष तोकेको छ । ७० वर्षअघि नै सञ्चालक भइसकेको भए ७४ वर्ष पुगेपछि पद त्याग्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।