पूर्वाधार सम्मेलन हुने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं  ।
आगामी सेप्टेम्बरमा नेपाल पूर्वाधार सम्मेलन (इन्फास्टक्चर समिट) आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघले आगामी सेप्टेम्बर ११ र १२ मा राजधानीमा उक्त सम्मेलन आयोजना गर्न लागेको हो ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । सरकारले गरेको लगानी सम्मेलनको फलोअपको रूपमा सम्लेनको अयोजना गन लागिएको परिसंका अध्यक्ष सतिश कुमार मोरले जानकारी दिनुभयो । सरकारले सन् २०२० सम्म दिगो विकासको लक्ष्य लिएको र ति लक्ष्य कसरी हाँसिल गर्न सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रित हुने अध्यक्ष मोरको भनाइ छ ।
सम्मलेनमा छोटो समयमा उत्कृष्ट पूर्वाधार विकास गरेको साउथ कोरियाका पूर्व प्रधानमन्त्री डा. हान सुङ, एसियाली विकास बैकका उपाध्यक्ष, विश्व बैकका अधिकारी, युरोपियन युनियन, डब्लुडब्लुएफ र भारतीय वरिष्ठ मन्त्रीहरुको पनि सहभागीता रहने छ ।

सम्मलेनमा स्वदेशी र विदेशी गरी ५ सय बढी लगानीकर्ताको सहभागिता रहने आयोजकले जनाएको छ । दिगो विकासको लागि मजबुत पूर्वाधार नारा दिइएको सम्मेलनमा नेपाल सरकार, लगानी बोर्ड र नेपाली युवा निर्माण व्यवसायी समुदायलगायतको सहकार्य रहने आयोजकले जनाएको छ ।परिसंघ गर्न लागेको यो सम्मलेन तेस्रो संस्करण हो ।यसअघि सन् २०१४ मा पहिलोपटक र सन् २०१७ मा दोस्रो सम्मेलन भएको थियो ।