त्रिशूली ३ बी हब सबस्टेसन निर्माण ६० प्रतिशत सकियो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं  ।
त्रिशूली नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माणाधीन त्रिशूली ३ ‘बी’ २२० केभी हब सबस्टेसन आयोजनाको निर्माण ६० प्रतिशत सम्पन्न भएको छ । ट्रान्सफर्मर रहने स्थानको जग हालिएको छ भने कन्ट्रोल बिल्डिङ बनाउन शुरु भएको छ । त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउने काम अन्तिम चरणमा छ । सबस्टेसनमा प्रयोग हुने उपकरणहरुको उत्पादन भइरहेको र डेढ महिनाभित्रमा आयोजनास्थलमा आपूर्ति शुरु हुने छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ गाउँपालिका —५ पहिरेबेसीमा निर्माणाधीन सबस्टेसनको स्थलगत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।
प्रसारण लाइन र सबस्टेसननको अभावमा जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणसमेत लगानी रहेका आयोजनाको विद्युत् खेर जाने सम्भावना देखिएपछि ऊर्जा, जलस्रोत तथा सि“चाइ मन्त्री वर्षमान पुनको निर्देशकमा घिसिङ निर्माणस्थलको निरीक्षणमा गएका हुन् ।

घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीका प्रतिनिधिस“ग छलफल गरेका थिए । निर्माण कार्यको नियमित अनुगमन गर्ने बताउ“दै उहा“ले जनशक्ति थप्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ ।

‘यो सबस्टेसन एक वर्षभित्रमा बनाउन सकिएन भने चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन आयोजनाहरुको १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न नसकी विद्युत खेर फाल्नु पर्ने अवस्था आउन सक्छ, यस्तो अवस्था आएमा प्राधिकरणले ती आयोजनालाई करौडौं रुपिया“ पेनाल्टी तिर्नुपर्छ,‘ कार्यकारी निर्देशक घिसिङले निर्देशन दिं“दै भन्नुभयो–‘निर्माणका क्रममा आउनसक्ने सामाजिक, वित्तीयलगायतका समस्याको गा“ठो फुकाइदिन्छौं, यस्तो संवेदनशील आयोजनाको काम निर्धारित समयमा सकिन्छ भनेर मात्रै हु“दैन, सबै पक्ष गम्भीर भई निर्माणलाई तीव्रता दिनुपर्छ ।’