तामाकोसी तेस्रो पूर्ण क्षमतामै बनाउन दबाब

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।
जिल्लाका राजनीतिक दल, नागरिक समाजका अगुवाहरुले ६५० मेगावाटको तामाकोसी तेस्रो जलविद्युत् आयोजनाको क्षमता घटाउन नहुनेमा जोड दिएका छन् ।

ऊर्जा मन्त्रालयले टीबीआई होल्डिङसं“ग क्षमता घटाएर २ सय मेगावाटमा सम्झौता गरेको समाचार सार्वजनिक भएपछि दोलखाका राजनीतिक दल, नागरिक अगुवाले साझा धारणा बनाउ“दै आयोजना पूर्ण क्षमतामा स्वदेशी लगानीमै निर्माण गर्न दबाबको लागि ऊर्जा मन्त्रालयलगायत सरोकारवाला निकायमा जाने निर्णयसमेत गरेका छन् । तामाकोसी तेस्रो निर्माणका लागि नागरिक समूहको आयोजनामा भएको छलफलमा उक्त निर्णय भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं दोलखा तामाकोसी गाउ“पालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जनताको लागि सुनको अण्डा दिने यो आयोजना पूर्ण क्षमतामै निर्माण गर्नुपर्ने बताउनुभयो । आयोजना कम क्षमतामा निर्माण गर्ने प्रयास भए त्यसको प्रतिरोध गरिने अध्यक्ष पोखरेलको चेतावनी छ ।

नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले दोलखामा ठूला–ठूला आयोजनामा चलखेल हुने गरेको उल्लेख गर्नुह“ुदै तामाकोसी–३ आयोजनामा त्यस्तो चलखेल भए नेपाली कांग्रेसलाई स्वीकार्य नहुने बताउनुभयो ।

राप्रपा दोलखाका अध्यक्ष नवराज श्रेष्ठ, मेलुङ गाउ“पालिकाका प्रमुख नरबहादुर श्रेष्ठ, कालिञ्चोक गाउ“पालिकाका प्रमुख विनकुमार थामी, मेलुङ गाउ“पालिकाका प्रवक्ता हिरा थोकर, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामालगायतले तामाकोसी तेस्रो आयोजना पूर्ण क्षमतामै निर्माण हुनुपर्नेमा जोड दिनु भएको थियो ।

गत साउन ८ गते ६५० मेगावाट क्षमताको तामाकोसी तेस्रो जलविद्युत् आयोजनाको क्षमता ४५० मेगावाट घटाएर २ सय मेगावाटमा टीबीआई होल्डिङसंग सम्झौता भएको थियो ।

जलविद्युत् निर्माणमा नर्वेको स्टाटक्राफ्टलले परामर्शदाता कम्पनी स्वको नोर्गे एएस नर्वेको सहयोगमा अध्ययनपछि अधिकतम १३२० मेगावाट उत्पादन गर्न सकिने भन्दै ८८० मेगावाट हु“दै ६५० मेगावाट क्षमतामा अर्धजलाशययुक्त आयोजना निर्माण गर्ने गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो ।

उक्त आयोजनालाई सरकार आफैंले अगाडि बढाउँनुको सट्टा २ वर्ष यता क्षमता घटाउ“दै सर्वेक्षणको नाममा टीबीआई होल्डिङ कम्पनीलाई दिएर खोला ओगट्ने वातावरण बनाई दिएको स्थानीयको आरोप छ ।

टीबीआई होल्डिङले चीनको वाईआईजी इन्टरनेसनल र सांघाई इन्भेस्टमेन्ट, डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट कर्पोरेसनस“ग ‘ज्वाइन्ट भेन्चर डेभलपमेन्ट फ्रेमवर्क’ मा २ सय मेगावाट क्षमतामा आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने सम्झौता गरेको थियो ।