काठमाडौंमा टाटा मोटर्स कार्निभल

0
Shares

काठमाडौं, (नेस) ।
टाटा मोटर्सले हरेक वर्ष मनाउ“दै आएको कार मेलालाई यस वर्ष परिमार्जित रुपमा टाटा मोटर्स कार्निभल नाम दिइ साउन १६ गतेदेखि साउन १९ गतेसम्म टाटा मोटर्सको शोरुम थापाथली काठमाडौंमा आयोजना भइरहेको छ ।

कार्निभल नेपालमै पहिलोपटक सिप्रदी ट्रेडिङ प्रालिले आयोजना गर्न लागेको हो । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि हो । यसअघि पनि सिप्रदी ट्रेडिङ प्रालिले टाटा कार मेलाको आयोजना गर्दे आएको थियो । जसको छैठौं संस्करणसम्म आयोजना गरिसकेको छ । टाटा मोटर्स कार्निभल नेपालमा आयोजना हुने कारहरुको सबैभन्दा ठूलो कार्यक्रम हो । प्रत्येक वर्ष टाटा मोटर्सले आयोजना गर्ने एक्स्पोबाट टाटा मोटर्सले ग्राहकबाट निकै नै राम्रो प्रतिक्रिया प्राप्त गर्ने गरेको छ ।

यस कार्यक्रमका मुख्य विषेशताहरुमा टाटाको प्यासेन्जर गाडीा ३ लाखसम्मको छुट, विभिन्न आकर्षक उपहार, लक्की ड्र, १ लाखसम्मको एक्सेन्ज बोनस, टेस्ट ड्राइभ, सांगितीक कार्यक्रम, मनोरञ्जन र विभिन्न खानाका परिकारसमेत रहेको छ ।