बडवाइजर र फोस्टर्स बियरको उत्पादन अब नेपालमै

0
Shares

 

काठमाडौं, (नेस) । राज ब्रुअरी प्रालि र विश्व प्रसिद्ध बियर निर्माता एन्ह्युजर–बस्क इनबेभबीच विश्वका केही ख्यातिप्राप्त बियर ब्राण्डहरुको उत्पादन र विक्री वितरण गर्नेे सम्बन्धमा सम्झौता भएको छ । राज ब्रुअरी विश्वमै प्रसिद्ध ब्रु मास्टर एबि इनबेभ ग्लोबल र बार्सटेनर इन्टरनेशनलद्वारा मान्यता दिइएको नेपालको ब्रुअरी हो ।

ब्रुअरीले सन् २०१८ देखि नै जर्मनीको प्रसिद्ध ब्राण्ड बार्सटेनर प्रिमियम जर्मन बियरको बोटलिङ र उत्पादन गर्दै आइरहेको छ, अब बडवाइजर, बडवाइजर म्याग्नम, फोस्टर्स गोल्ड र फोस्टर्स लागरका साथसाथै आयात गरिएका एबि इनबेभको आफ्नै विश्वव्यापी उत्पादन कोरोना एक्स्ट्रा, लेफ, होगार्डेन र स्टेला अर्टोइजको स्वाद लिन पाइनेछ ।

राज ब्रुअरी, जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको एक सदस्य प्रतिष्ठान हो, जुन समुहले नेपालमा बहुसंख्यक डिष्टिलरी, अनुसन्धान र विकास एवं वितरण इकाइहरुसहितको एक ब्रुअरीका साथ मदिरा–वेभरेज संलग्ने छ । जावलाखेल ग्रुपले रुसलान, गोल्डेन ओक र ब्लु डायमन्ड उत्पादन पर्दछन् ।

एबि इनबेभको प्रधान कार्यालय ल्यूभान, बेल्जियममा रहेको छ, विश्वको करिब ५० भन्दा बढी देश र ५ सयभन्दा बढी विविध प्रकारका ब्रान्डका साथ यसको उपस्थिति रहेको छ ।