सिजी ब्रान्डका नयाँ फ्रिज बजारमा

0
Shares

काठमाडौं, (नेस) ।
इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले हालै बजारमा विभिन्न किसिमका नया“ मोडलका फ्रिज बजारमा ल्याएको छ ।

जसअन्तर्गत सिङ्गल डोरमा २५ वटाभन्दा बढी मोडलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । विभिन्न किसिमका फुलबुट्टा र रंगहरुमा उपलब्ध यी फ्रिजमा ५ वर्षसम्मको वारेन्टी रहेको छ । पावरफुल कम्प्रेसर, सुपर कुइक आइस, ग्रिप ह्न्डल आदि जस्ता विशेषता रहेका छन् ।

त्यस्तै डबल डोरमा सिजीले वाटर डिस्पेन्सरसहित नया“ फ्रिज बजारमा ल्याएको छ । यसमा अब तपाईले फ्रिजभित्रको चिसो पानी फ्रिजको ढोका नखोलिकनै पनि लिन सकिन्छ । यसमा कुईक फ्रिजिङ, ए प्लस इनर्जिङ लेवल, डिजिटल कन्ट्रोल, ४ डि फ्रिजिङ जस्ता विशेषता रहेका छन् । त्यसै गरी अर्को नया“ साइड बाई साइड र मल्टिडोरयुक्त फ्रिज पनि ल्याएको छ ।

जसमा १० वर्षसम्मको वारेन्टी पनि रहेको छ । यी फ्रिजमा तपाईले आफ्नो खानालाई धेरै समयसम्म ताजा बनाई राख्न सक्नुहुनेछ । यसमा ए पल्स इनर्जिङ लेवल, डिजिटल कन्ट्रोल, टच स्कृन, एन्टी ब्याक्टेरिया, डियोडोराईजेसन, किड्स लक, अर्लाम आदी जस्ता धेरै विशेषता रहेका छन् । यसको अर्को प्रमुख विशेषता भनेको यसमा तीनवटा मोड रहेका छन्, जसमा होलिडे फंसन, इको फंसन र सुपर फ्रिज फंसन रहेका छन् । यी मोडहरुको प्रयोग गरीे खानालाई धेरै समयसम्म ताजा राखि स्वास्थ्यलाई स्वस्थ राख्न सकिन्छ ।