पुँजी बजारप्रति नियमक निकाय र सरकारमा बस्नेहरू गम्भीर हुन आग्रह

0
Shares

नेपाल समाचारपत्र, काठमाडाैं ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पु“जी बजारमा लगानी गर्दा हल्लाको पछि नलाग्न लगानीकर्तालाई आग्रह गर्नुभएको छ । शनिबार नेपाल पु“जी बजार लगानीकर्ता संघको आयोजनामा सम्पन्न शेयर बजारमा अवसर, चुनौती र नियामक निकायको भूमिकाबारे अन्तक्र्रिया कार्यक्रममा उहा“ले लगानीकर्तालाई निरुत्साहित नहुन आग्रह गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री नेपालले पु“जी बजार सुधारका निम्ति लगानीकर्ता, नियामक निकाय तथा सरकार सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै उहा“ले पु“जी बजारको अस्थिरताप्रति चिन्ता व्यक्त गर्नुभयो । उहा“ले भन्नुभयो–‘शेयर बजार कहिले आकाशमा पुगेको छ, कहिले पातालमा जस्तै छ, यसलाई बेलैमा रोक्नुपर्छ ।’

 

सबैले पु“जी बजार नकारात्मक हुनुको कारण कम्युनिष्ट सरकार भन्ने भ्रम पालेको बताउ“दै यस्तो धारणा बन्न नहुने स्पष्ट पार्नुभयो । उहा“ले भन्नुभयो–‘सरकार पु“जी बजार र लगानीकर्ताको मागको विपक्षमा छ जस्तो मलाई लाग्दैन ।’

नेपालले नियामक निकाय तथा सरकारमा रहेकाको आक्रामक भाषाशैलीका कारण लगानीकर्तामा निराशा छाएको उल्लेख गर्नुभयो । उहा“ले नियामक निकाय र सरकारमा रहेकालाई आफूले प्रयोग गर्ने भाषाशैलीप्रति संवेदनशील हुन ध्यानाकर्षण गराउनुभयो । उहा“ले मुलुकको आर्थिक समृद्धिका लागि लगानीकर्ताको भूमिका महत्वपूर्ण हुने भन्दै लगानीकर्ताहरुलाई हरेस नखान आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले मुलुकमा लगानीको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहा“ले लगानीको वातावरण नसुधारेसम्म पु“जी बजार नसुध्रिने बताउ“दै लगानीको वातावरण सुधार गर्न सरकार प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । डा. महतले लगानीकर्ताको ध्यान सरकारतर्फ नभई नाफातर्फ हुनुपर्ने बताउनुभयो । अहिले पु“जी बजारमा गिरावटप्रति उहा“ले चिन्ता प्रकट गर्नुभयो । बजारको पहु“च सदैव बढाएमा मात्रै मुलुकमा आर्थिक समृद्धि हुने र लगानीमा वृद्धि हुने उहा“को भनाइ छ ।

यसैगरी पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले पु“जी बजारको स्थायित्वका लागि पु“जी बजारसम्बन्धी नीति नै सुधार्नुपर्ने बताउनुभयो । कोइरालाले कम्युनिष्ट सरकार छ भन्दैमा लगानीकर्ता आत्तिनु नपर्ने बताउनुभयो । उहा“ले भन्नुभयो–‘सरकारका कारण पु“जी बजारमा स्थायित्व नभएको होइन, नियामक निकायले पु“जी बजारलाई हेर्ने दृष्टिकोणका कारण हो ।’

पु“जी बजारबिना मुलुकमा आर्थिक समृद्धि नहुने भन्दै उहा“ले सरकारले पु“जी बजारलाई सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिनुभयो । धितोपत्र बोर्डलाई स्वायत्त बनाई काम गरेमा पनि पु“जी बजारमा सुधार हुने उल्लेख गर्दै उहा“ले भन्नुभयो–‘धितोत्रबोर्डलाई प्राधिकरण वा आयोग केही बनाएर काम गर्नुपर्छ ।’
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शेयर बजारमा स्थायित्व कायम भएको बताउनुभयो । उहा“ले शेयर बजार स्थायित्वतर्फ उन्मुख रहेको भन्दै लगानीकर्ताहरु आत्तिनु नपर्ने जिकीर गर्नुभयो । उहा“ले भन्नुभयो–‘राष्ट्र बैंकको उद्देश्य शेयर बजार बढाउनु होइन, वित्तीय स्थायित्व कायम गर्नु हो, त्यो भएको छ ।’

पछिल्ला वर्षमा शेयरबजारमा उल्लेख्य प्रगति भएको उहा“को भनाइ छ । डेपुटी गभर्नर शिवाकोटीले आवश्यक परेमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ‘फोर्स मर्जर’ को नीति लिने बताउनुभयो । कार्यक्रममा बोल्दै उहा“ले स्वैच्छिक मर्जरलाई प्राथमिकतामा राखिएको र आवश्यक परेमा जुनसुकै समयमा ‘फोर्स मर्जर’ मा लैजाने उल्लेख गर्नुभयो । उहा“ले भन्नुभयो–‘हामी स्वेच्छिक मर्जर चाहन्छौं, बैंक तथा वित्तीय संस्थाहरु आफैं मर्जरमा जाउन् ।’ पछिल्लो समय राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरलाई प्राथमिकतामा राखेको उहा“को भनाइ छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लघुवित्तको पु“जी वृद्धि तथा मर्जरका लागि आफूहरु सचेत रहेको बताउनुभयो । अहिले लघुवित्त वित्तीय संस्थाको ‘लाइसेन्सिङ’ प्रक्रियामा छ, करिब ३ महिनामा सकिन्छ,’ उहा“ले भन्नुभयो । उहा“ले स्वस्थ र विकसित प“ुजी बजारका लागि राष्ट्र बैंक सधैं तत्पर रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल पु“जी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले नियामक निकायको गलत कामबाट लगानीकर्ता कोमामा पुग्ने स्थिति सिर्जना हुन लागेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहा“ले सरकारले साउन १ गतेबाट पु“जी बजारलाई ढुंगेयुगतर्फ लैजान खोजिएको भन्दै लाभकर गणना विधिप्रति असन्तुष्टि जनाउनुभयो ।