ओलीको प्रस्थान, प्रचण्डको आगमन

0
Shares

काठमाडौं, (नेस)  । प्रधानमन्त्री केपी शर्मा ओली एक साताका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ । स्वास्थ्य परीक्षणका लागि हिजो शनिबार राति सिंगापुर जानुभएको हो ।

उहाँको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण हुने भएको छ । प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मृगौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभयो ।

स्वास्थ्य परीक्षण गरेर एक सातापछि प्रधानमन्त्री स्वेदश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको साथमा उहाँको श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्वकीय सचिव राजेश वज्राचार्य, निजी चिकित्सक डा. दिव्या सिंह शाह रहनुभएको छ ।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्ताव गरेसँगै पूर्व प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किनुभएको छ । साताव्यापी संयुक्त अबर इमिरेटस (यूएई) को भ्रमण गरेर स्वदेश फर्किनुभएको हो । प्रचण्ड पारिवारिक भ्रमणका लागि गत मंगलवार पत्नी सीता दाहाल, छोरी रेणु दाहाल र गंगा दाहालसहित यूएई जानुभएको थियो ।