संस्कृति स्कुललाई आईपीसी अक्रेडिटेसन

0
Shares

काठमाडौं, (नेस) ।
संस्कृति इन्टरनेसनल स्कुल फिल्डवर्क एजुकेशन युकेको पाठ्यक्रम शैली अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रम (आईपीसी) को आधिकारिक मान्यता प्राप्त गर्ने दक्षिण एसियाकै पहिलो विद्यालय बन्न को छ ।

यो मान्यता फिल्डवर्क एजुकेसन युकेले व्यक्तिगत सिकाईलाई प्रोत्सहान गर्न र स्पष्ट अध्ययन प्रक्रियामा केन्द्रित रहेर प्रत्येक विषयमा विशेष लक्ष्य हासिल गर्न विस्तृत, विषयगत, रचनात्मक पाठ्यक्रम अनुसरण गर्नेलाई प्रदान गर्छ । विश्वभरका ९२ वटा देशमा ७३० भन्दा बढी विद्यालयले पालना गर्ने आईपीसीको आधिकारिक अक्रेडिटेसन हालसम्म १७ वटा विद्यालयले मात्र प्राप्त गरेका छन् ।

संस्कृति इन्टरनेसनल स्कुलका अध्यक्ष रञ्जीत आचार्यले भन्नुभयो–‘हामी फिल्डवर्क एजुकेसन, युकेद्वारा प्रतिष्ठित आईपीसी अक्रेडिटेसन प्राप्त गर्न पाउ“दा निकै प्रसन्न छौं ।’ विश्वका १७ वटा आईपीसी युकेबाट मान्यता प्राप्त विद्यालयमध्ये एक हुन पाउनु नेपालमा हामी सबैका लागि गर्वको क्षण हो । संस्कृतिको लिडरसिप टिम र सम्पूर्ण शिक्षण कर्मचारीले यो मान्यता प्राप्त गर्न अथक प्रयास गर्नुभएको छ । पहिलो दशकमै समग्र दक्षिण एसियामै यो मान्यता प्राप्त गर्ने पहिलो अन्तर्राष्ट्रिय स्कुल बन्न पाउनु संस्कृतिका लागि निकै ठूलो उपलब्धि हो ।’

संस्कृति इन्टरनेशनल स्कुलकी निर्देशक दिप्ती आचार्यले भन्नुभयो–‘म अत्यन्तै खुशी छु र गर्व गर्दछु कि संस्कृतिलाई प्रतिष्ठित आईपीसी मान्यता प्रदान गरिएको छ । हामीले ५ वर्ष अगाडि चालेको यो कदम विद्यार्थीका लागि मात्र नभएर शिक्षक र विद्यालयलाई समेत लाभ भएको छ ।’