नेप्सेमा सामान्य गिरावट

0
Shares

काठमाडौं, (नेस) ।
साताको अन्तिम कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ दशमलव ७४ अंकले घटेर १२६३ दशमलव ८४ बिन्दुमा झरेको छ ।
कुल १६८ कम्पनीको २० लाख ६० हजार ६७८ कित्ता शेयर ५९ करोड ५ लाख रुपिया“ बराबरमा कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ ।

यस दिन निर्जीवन बीमा समूह ३ दशमलव ५५, लघुवित्त समूह १५ दशमलव ६३ र जीवन बीमा समूह २० दशमलव ८७ अंकले वृद्धि भएका छन् । तर, बैंकिङ समूह ३ दशमलव ६८, होटल समूह १२ दशमलव ३९, विकास बैंक समूह १ दशमलव शून्य ७, जलविद्युत् समूह शून्य दशमलव ८३, उत्पादन समूह २ दशमलव ४७, अन्य समूह २ दशमलव ९ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य ३ अंकले घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा नेको इन्स्योरेन्स अगाडि रह्यो । यस कम्पनीको संस्थापक शेयर ७ करोड ४५ लाख रुपिया“भन्दा बढीको कारोबार भएको छ ।

यस्तै गरिमा विकास लघुवित्त वित्तीयको ३ करोड ५२ लाख रुपिया“को कारोबार भएको छ । समग्र परिसूचक घटे पनि यस दिन स्पर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यसैगरी गुरा“स लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९६, गरिमा विकास लघुवित्त वित्तीय संस्था ९ दशमलव ९२, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ९ दशमलव ९१, नेपाल एग्रो लघवित्त वित्तीय संस्था ९ दशमलव ८९, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ९ दशमलव ८७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

बिहीबार युनाइटेड इन्स्योरेन्स कम्पनी, पोखरा फाइनान्स, आइएमई जनरल इन्स्योरेन्सलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस दिन सेन्सेटिभ परिसूचकसमेत पनि शून्य दशमलव ७१ अंकले घटेर २७२ दशमलव ५३ मा झरेको छ ।