बैंकलाई ब्रोकर लाइसेन्स दिन बाटो खुल्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं  ।
नेपाल स्टक एक्चेन्ज (नेप्से) ले बाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनका लागि कार्यविधि तयार गरेको छ । बिहीबारदेखि लागू हुने गरी नेप्सेले कार्यवधि तयार हो ।

नेप्सेको कार्यविधि लागू भएपछि बैंकको सहायक कम्पनीले ब्रोकर लाइसेन्स पाउने बाटो खुला भएको छ । नेप्सेले ‘वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रको लागि सिफारिस कार्यविधि, २०७६’ लागू गरेको हो । नेप्सेको सिफारिसमा नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स वितरण गर्ने प्रावधान छ ।

अब नेप्सेले बैंकको सहायक कम्पनीस“ग ब्रोकर लाइसेन्सको निवेदन माग गर्ने छ । प्रक्रिया पूूरा गरेका कम्पनीलाई नेप्सेले लाइसेन्सको लागि बोर्डमा सिफारिस गर्नेछ । ब्रोकर लाइसेन्सका लागि सनराइज बैंक र एनआईसी एसिया बैंक, एनबी बैंक र एनसीसी बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट, सानिमा बैंक र माछापुच्छ्रे« बैंक, नबिल बैंकलगायतका बैंकले आवेदन दिएका छन् ।