सिटिजन्स बैंक र भेनस हस्पिटलबीच सहकार्य

0
Shares

काठमाडौं, (नेस) ।
सिटिजन्स बैंक इन्टरनेसनल र भेनस हस्पिटलबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी ससम्झौता भएको छ ।
उक्त सम्भौतापश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीले भेनस हस्पिटलमा उपचार गराउ“दा छुट पाउनेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७५÷०७६ मा ७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपिया“ ऋण प्रवाह गरी २ अर्ब ८१ करोड ६४ लाख रुपिया“ खुद ब्याज आम्दानी गरेको छ।
सिटिजन्स बैंक इन्टरनेसनलले ८१ वटा शाखा, ७६ वटा एटीएम र सय वटा शाखारहित बैंकिङ एकाईबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।