भक्तपुर अस्पताल र अंग प्रत्यारोपन केन्द्रमा आकस्मिक अनुगमन

14
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
बीर अस्पताल पछिको दोश्रो अस्पतालको रुपमा रहेको भक्तपुर जिल्ला अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रको आज भक्तपुर नगरपालिकाले अनुगमन गरेको छ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको अनुगमन टोलीले भक्तपुर अस्पतालमा फोहोर जथाभावी फ्यालेको पाईएको छ ।

अनुगमनमा अस्पतालजन्य बिभिन्न फोहोरहरु छुटाएर नराखेको, सरसफाईमा ध्यान नदिएको, सरसफाईमा ध्यान नदिएको, अस्पताल पछाडि नाली बगाईएको, आकस्मिक कक्षमा ठाउँको अभाव भएको, अस्पतालमा नर्सको अभाव रहेको, एमडिजिपि आकस्मिक कक्षको इन्चार्ज नराखेको पाईएको अनुगमन टोलीका वडा निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

अनुगमन टोलीले ७५ शैयाको उक्त अस्पतालमा १५० कर्मचारी रहेको जानकारी दिदै अस्पतालाई फोहर छुट्याई राख्न, सरसफाईमा ध्यान दिन, अस्पताल पछाडि नाली व्यवस्थित गर्न, आकस्मिक कक्षको ठाउ“ बढाउन, एमडिजिपि आकस्मिक कक्षको इन्चार्ज राख्न निर्देशन दिएको छ ।

त्यसैगरि अस्पतालमा अव्जरभेसन कक्ष राख्न, आकस्मिक कक्षमा पंखाको व्यवस्थापन गर्न, दरबन्दी अनुसार चिकित्सक र कर्मचारीहरु व्यबस्था गर्न, पेडियाट्रिक वार्डमा वेडको व्यबस्था गर्न, आईसियु वार्ड राख्न, र आकस्मिक कक्षमा ट्रियाजको व्यवस्था गरी रेड, ग्रिन, येलो र ब्ल्याक ब्लकहरु राखी रेडमा सिकिस्त विरामी, ग्रिनमा सामान्य विरामी, ऐलोमा जतिल विरामी र ब्ल्याकमा लगभग मृत्यु भएको विरामी हेर्ने कक्षहरु व्यवस्थापन गर्नु पर्ने सुझाब दिएको डा.शनिस कुसीले बताउनु भयो ।

अस्पतालमा न्युरो, मानसिक, मुटु सेवा नभएको, ल्यावमा थाईराईड नभएको साथै जग्गा नेपाल ट्रष्टको नाममा भएकोले ठाउ“ अभाव र भक्तपुर अस्पतालको ठाउ“ अड्ड प्रत्यारोपन र क्यान्सर अस्पताललाई दिएकोले नया“ भवन निर्माण गर्न समेत समस्या देखिएको उहाँले बताउनुभयो । बिशेषज्ञ डाक्टरहरुलाई सरकारी पारिश्रमिक अपुग र क्वार्टरको अभावमा विशेषज्ञ डाक्टर बस्न नचाहेको र अस्पताल विकास समितिले ५५ जना कर्मचारी रहेको भक्तपुर अस्पतालनका सुपरटेन्ट डा.रबिभुषन सुवालले बताउनुभयो ।

त्यस्तै अनुगमन समितिले शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपन केन्द्रमा वेड संख्या १०० भएपनि ७५ शैया मात्र संचालनमा रहेको र कर्मचारी दरबन्दि २५० रहेपनि २१० जना मात्र कार्यरत रहेको, ठेक्काबाट गार्ड १० र सफाई कर्मचारी ३६ जना रहेकोमा फोहर व्यवस्थापन गर्नु पर्ने, चिकित्सक र मानव संशाधन अभावलाई परिपूर्ती गर्नुपर्ने निर्देशन दिएको छ ।

त्यस्तै डाईलासिस् विरामीको चाप अनुसार चौबीसै धण्टा संचालन गर्नु पर्ने, आइसोलेसन कोठा व्यवस्थापन गर्नुपर्ने, वार्ड वार्डमा कम्तिमा हप्तामा एकचोटी मेसिनले स्क्रोप गर्नुपर्ने, ब्हिल चियर अपुग रहेकाले थप्नुपर्ने, नागरिक वडापत्र नभएकोले राख्नु पर्ने र अस्पतालको मेसिनरी सामानहरु भोल्टेज र बिना जानकारी अचानक बत्ति निभ्नाले मेसिनरी सामानहरु विग्रिएकोले अस्पतालको लागि छुट्टै ट्रान्सफार्मर राख्न सुझाब दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनु भयोे ।

अनुगमन टोलीलाई ठाउ“ अभावमा अस्पतालको विस्तार गर्न नसक्ने भई यथास्थितिमा बस्नुपर्ने अवस्था आएकोले नगरपालिकाले जग्गा उपलब्ध गराउन पहल गरिदिन अनुरोध गर्दै सिटिभिएस सर्जरी संचालन र कलेजो फेरेको चार जना र मिर्गौला फेरेको ६०० जना पुगेको प्रशासनका हरि शर्माले बताउनुभयो ।

त्यस्तै डाइलासिस ए र बि ब्लक १०/१० बेडमा विहान ७ः०० बजेदेखि दिउ“सो २ः०० बजेसम्म तीन सिफ्ट र दिउ“सो २ः०० बजेदेखि ९ बजेसम्म तीन सिफ्ट संचालन गरिरहेकोमा विरामी संख्या बढेर धेरै विरामी डाईलासिस्बाट छुटेको बताईएको छ ।

डाईलासिस सरकारले निःशुल्क गर्दा अंग प्रत्यायोजनमा जान विरामीहरु हिच्कीच्याईरहेको नर्स कोपला दाहालले बताउनुभयो । उहा“ले बायो टेक्निकलको अभावमा विग्रेको मेसिन र सामानहरु मर्मत नभई थन्किदा फोहर देखिएको र बिना जानकारी बत्ति निभ्ने र भोल्टेज समस्याले सामानहरु विग्रेकोले छुट्टै ट्रान्सर्फमर राखीदिनु पर्ने बताउनुभयो ।