डाबर इण्डियाका उत्पादन स्वास्थ्यका लागि जोखिम

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं  ।
डाबर इण्डियाले उत्पादन गर्ने आयुर्वेदिक औषधिहरुमा अत्याधिक लापरबाही गरेको खुलासा भएको छ । डाबरका औषधिमा उच्च आर्सेनिक प्रयोग भएको पाइएपछि सो रहस्य खुलेको हो ।

बिरामीको स्वास्थ्य परीक्षणबाट डाबरका औषधिमा आर्सेनिक र हेभी मेटलको मात्रा अत्याधिक देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । चिकित्सकका अनुसार औषधिमा आर्सेनिक ३ पीपीएम हुनुपर्नेमा १ हजार ५ सय पीपीएमसम्म मिसाइएको पाइएको छ ।

झापा घर भएका आयुर्वेदिक उपचार गर्ने कविराज वेदप्रसाद शर्माले औषधि सेवन गरेको केही दिनमा नै शरिर दुख्न केही कम हुने र पछि पुनः रोग बल्झिने समस्या आएपछि स्वास्थ्य परीक्षणका क्रममा यस्तो खुलासा भएको हो । शर्माले भारतको भेलौरस्थित क्रिस्चियन मेडिकल कलेज (सीएमसी) मा उपचार गराउने क्रममा शरीरमा अधिकतम ०.५ मिलिग्राम आर्सेनिक मात्रा हुनुपर्नेमा १ सय ९९ मिलिग्राम देखिएको बताइएको छ ।

डाबर नेपाल प्रालिले डाबर इन्डिया लिमिटेडबाट उत्पादित औषधि नेपाली बजारमा बिक्रीवितरण गरिरहेको छ । डाबर नेपालले लामो समयदेखि पैठारी, बिक्रीवितरण गरिरहेका औषधिमा महायोगराज, बातगजांकुश रस, प्रवाल भष्म, एकांगविर रस लगायतका छन् । भारत तथा नेपालमा गरिएको परीक्षणबाट यिनमा आर्सेनिक र मर्करीको मात्रा अधिक पाइएको हो ।