नेपालगन्ज–पोखरा हवाई उडानका लागि होटल सञ्चालकहरु तातिए

0
Shares

नेपाल समाचारपत्र, बाँके  ।
नेपालगन्जका होटल व्यवसायीले नेपालगन्ज–पोखरा हवाई उडानका लागि ‘लबिङ’ थालेका छन् ।

होटल अर्गनाइजेसन बा“केको अगुवाईमा नेपालगन्ज–पोखरा हवाई उडानका लागि आइतबार बृहत छलफल भएको छ । होटल अर्गनाइजेसन बा“केका अध्यक्ष भीम क“डेलले सबै एयरलाइन्सलाई नेपालगन्ज–पोखरा उडान भर्नका लागि पत्रचार गर्ने तयारी भएको जानकारी दिनुभयो ।

‘हामीले आज नै सबै एयरलाइन्सलाई नेपालगन्ज–पोखरा हवाई उडानका लागि पत्र पठाउ“छौं, अध्यक्ष क“डेलले भन्नुभयो–‘ एयरलाइन्स सञ्चालकहरु पनि सकारात्मक भएकाले नेपालगन्ज–पोखरा उडान छिट्टै हुन सक्छ ।’ यसमा नेपालगन्जका ११ वटा ठूला होटल सञ्चालकले साथ दिएका छन् ।

पर्यटकीय नगरी पोखरालाई हवाई मार्गमा नेपालगन्जस“ग जोड्न सकेमा त्यहा“ आउने पर्यटक नेपालगन्ज आएर यहा“बाट रारा, स्वर्गद्वारी, बाघ, हात्ती, गंैडा र चौकाको बासस्थान मानिएको बा“के र बर्दिया निकुञ्ज घुम्न सक्ने होटल व्यवसायीहरुको लबिङ रहेको छ ।

‘पोखरा आउने पर्यटकलाई एक दिनका लागि नेपालगन्ज ल्याउन सकेमा पनि ठूलो राहत हुन्छ, होटल व्यवसायीले भनेका छन्, नेपालगन्ज–पोखरा हवाई उडान भयो भने त्यो सम्भव छ ।’

भारतीय पर्यटकहरु नेपालगन्जको सडकयात्राबाट मानसरोबर जान थालेका छन् । धेरैजसो त काठमाडौं भएर नै आउ“छन् । सडकबाट नेपालगन्ज आउने पर्यटकहरु मानसरोबरको यात्रा गरेपछि पोखरा घुम्न जानका लागि सिधा हवाई उडान नहु“दा समस्या हुने गरेको छ । यो कुरा बुझेका ठूला होटल व्यवसायीहरु नेपालगन्ज–पोखरा हवाई उडानका लागि तातिएका छन् ।

एयरलायन्स सञ्चालकहरुले यात्रु पाउने ग्यारेन्टी भए उडान भर्न समस्या नआउने बताएका छन् । एयरलायन्सले चाहेमा तत्कालै उडान भर्न सक्ने नेपाल नागरिक उड्डयन कार्यालय, नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले बताउनुभयो । ‘एयरलायन्स सञ्चालकहरु यात्रु पाउनेमा ढुक्क हुन सकेमा तत्काल नै उडान भर्न सक्छन्,’ ठाकुरले भन्नुभयो–‘होटल सञ्चालकहरुले यात्रु पाइन्छ भन्ने कुरा एयरलायन्स सञ्चालकलाई विश्वास दिलाउनुपर्छ ।’

नेपालगन्ज–दिल्ली, नेपालगन्ज–लखनउ उडानको लागि रस्साकस्सी भइरहेको नेपालगन्जमा अब नेपालगन्ज–पोखरासम्म उडान भर्न सक्दा पनि पर्यटन व्यवसायमा राम्रै हुन्छ भन्नेमा होटल सञ्चालकहरु पुगेका छन् ।