हुन्डाई एक्सचेन्ज योजना शुरू

0
Shares

काठमाडौं, (नेस) ।
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिहीबारदेखि देशभरी हुन्डाई एक्सचेन्ज योजना ल्याएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले साउन १६ गतेदेखि साउन २३ गतेसम्म हुन्डाई एक्सचेन्ज कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । उक्त अवसरमा गाडी एक्सचेन्जका साथै लोयल्टी बोनस, १५ हजार बराबरको, एक्सचेन्ज बोनस डेढ लाखसम्म र चार वर्षको निःशुल्क सर्भिस र तीन वर्षको वारेन्टी लगायतका सुविधा रहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक रुपेश शर्मा भट्टले ग्राहकलाई सधंै उत्कृष्ट स्ुविधा प्रदान गर्न लक्ष्मी हुन्डाई तल्लिन रहेको बताउनुभयो ।