जहाँ ईच्छा, त्यहाँ उपाय, आर्थिक रुपमा सशक्त बन्दै कीर्तिपुरका महिला

0
Shares

काठमाडौ । कीर्तिपुरका स्थानीय महिलाले हरेक हप्ता ५५ रुपैया जम्मा गरेर अहिले घरको आर्थिक बोझ कम गर्न श्रीमानलाई सघाउने भएका छन् ।
असल छिमेकी नेपाल नामक संस्थाको सहयोगमा कीर्तिपुरका स्थानिय महिलाहरुले कृतिलक्ष्मी नामक समुह गठन गरी पैसा जम्मा गर्ने र आवश्यक पर्दा व्याजमा ऋण लिने गरेका छन् । संस्थाले कीर्तिपुरका विभिन्न वडामा यस्ता १० वटा समुह गठन गरिसकेको छ ।

असल छिमेकी नेपालका अन्र्तगत बचत समुहका सहजकर्ता लक्ष्मी परियारले किर्तिपुरका १० बटै वडामा ६६ वटा वचत समुह गठन गरेको जानकारी दिनुभयो ।

सुरुमा आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यको नाम दर्ता ग¥यौ र त्यस्ता परिवारको छोराछोरीलाई वल्र्डभिजन नामक संस्थाको सहयोगमा निःशुल्क पढाउने व्यवस्था समेत गरेको छौ । परियारले बढि मात्रामा सोही समुहका परिवारका महिलालाई बचत समुहमा आवद्ध गर्ने र बचत भएको पैसालाई सही काममा प्रयोग गराउनकालागि हामीले त्यसको अनुगमन गर्ने काम गरेको बताउनुभयो ।

उनिहरु हरेक वुधवार विहान १० बजे सानो वाकस लिएर एक ठाउमा जम्मा हुन्छन । १० बजे नपुग्नेलाई उनिहरुले जरीवाना समेत लिने गरेका छन । बाकसको चाबी समुहकै ३ जनाले राख्ने गरेका छन भने मिटिङ्गको दिन चावी खोल्ने र उठाएको पैसा त्यही जम्मा गर्ने गरेका छन ।

समुहको अभिलेख राख्ने,पैसा जम्मा गरेर थैलामा पोको पार्ने सवै काम व्यवस्थित ढंगबाट संचालन गरिरहेका उनिहरुले समुहमा जम्मा भएको पैसाबाट व्याजमा पैसा लिएर श्रीमानलाई आर्थिक पाटोमा सघाउन पाउदा निकै दङ्ग छन् ।
उनीहरु भन्छन् अहिले त हामी पनि कमाउने भएका छौ । सवैले ५० रुपैया शेयर वचत भन्दै उठाउछन् र समाजिक सुरक्षा कोषको नाममा ५ रुपैया उठाउछन् ।

सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम आवश्यक परेमा विना व्याज चलाउन पाईने र शेयर वचतको रकम आवश्यक परेमा १० हजार सम्म ऋण लिन पाईने व्यवस्था छ । किर्तिपुर नगरपालिका २ की जमुना महर्जन भूकम्प पिडित हुन् । यतिवेला भुकम्पले भत्काएको घर बनाउन र दुई छोराछोरी हुर्काउन उनलाई निकै चटारो छ ।

स्थानीय बचत समुहबाट १० हजार ऋण लिएपछि उनलाई छोराछोरीको फिस तिर्न र घरको रङ्ग किन्न निकै सहज भएको छ । उनि भन्छिन–बुढाले दिनभरी ज्याला मजदुरी काम गर्थे मैले बुढालाई अरु काममा सघाए पनि पैसा दिन सकेकी थिईन अहिले १० हजार लगेर घरको रंग किन्न र वच्चाको फि तिर्न थोरै भएपनि सहयोग गर्न पाएकोमा एकदमै खुशी छु ।

कीर्तिपुरकै ललिता महर्जन पनि भूकम्प पीडित हुन् उनी स्पष्टसंग नेपाली भाषा बोल्न ान्दिनन् उनि भन्छिन–श्रीमानले एक प्राईभेट क्याम्पसको क्यान्टिनमा भात पकाउने काम गर्नुहुन्छ घरमा असाध्यै दुख छ । असल छिमेकीले गरिवहरुलाई यो वचत समुह बनाईदिएपछि म दङ्ग छु हप्ता हप्तामा ५५ रुपैया जम्मा गर्दा पनि १० हजार ऋण लिन पाईन्छ त्यसले घरको धेरै काम टर्छ ।
कृति लक्ष्मी बचत समुहका अध्यक्ष सानुमैया अवाले अरु बचत समुह भन्दा यो अलि फरक खालको भएका बताउछिन् । समयको महत्व पनि वुझाउनकालागि हामीले समयमा नआउनेलाई जरीवाना लिने गर्दा महिलाहरुमा समयको महत्वको वारेमा बुझाउन सजिलो भएको छ ।

आफुले बचत गरेको पैसा लिएर घरमा जादा उनिहरुलाई हामी महिलाहरुले पनि केही गर्न सक्छौ भन्ने भावना विकास भएको छ ।
उनिहरुले बचत समुह गठन गरेको ३६ हप्ता भएको छ र यो अवधिमा उनिहरुले ३४ हजार १२ सय रुपैया जम्मा पारेका छन् ।