आईएमएस ग्रुपको ‘सेलपे’ सार्वजनिक

0
Shares

काठमाडौं । व्यवसायीक समुह आईएमएस ग्रुपले भुक्तानी सेवा प्रदायक कम्पनी ‘सेलपे’ संचालनमा ल्याएको छ ।

बजारमा हाल संचालनमा रहेका भन्दा फरक र नविनतम प्रविधि सहित सेलपे सार्वजनिक गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन प्रधानले जानकारी दिएका छन ।

के हो सेलपे सेवा ?

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडले संचालन गरेको विभिन्न किसिमका भुक्तानीहरु गरिने सेवा हो । सेलपे सेवाबाट मोवाईल तथा वेबको माध्यममार्फत आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ ।

सेलपे सेवा विभिन्न अन्तर्रा्ष्ट्रिय स्तरको सुरक्षा प्रणाली अनुपालन गरी विकसित गरिएको छ । सेलपेबाट भुक्तानी गर्दा छुट्टै वालेट बनाउन पर्दैन । भुक्तानी गर्दा वालेटमा रकम स्थानान्तरण गर्नु पर्ने जस्ता झंझटिला प्रक्रियाहरु अपनाउनु पर्दैन । सेलपे सेवा एक किसिमको डिजिटल डेविट कार्ड हो । यसमा ग्राहकले आफ्नो एक वा एकभन्दा बढी बैंक खाताहरु जोड्न सक्ने छन् ।

सेलपे सेवाबाट मोवाईल फोन रिचार्ज, टेलिफोन, विजुली, खानेपानी, ईण्टरनेट महसुल भुक्तानी, रकम स्थानान्तरण, विक्रेता भुक्तानी, ईकमर्स तथा अनलाईन भुक्तानीहरु गर्न सकिने विज्ञप्तीमा उल्लेख छ ।सेलपेमार्फत रकम ट्रान्सफर गर्दा न्यूनतम २ रुपैयाँदेखि २० रुपैयाँसम्म लाग्नेछ ।