बेथिति रोक्न राष्ट्र बैंकद्वारा बैंकास्योरेन्समा रोक


भोला देवकोटा, काठमाडौं  ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकास्योरेन्सलाई रोक लगाएको छ । बैंक तथा बीमा कम्पनीबीच बैंकास्योरेन्स सम्झौता तीव्र रुपमा भइरहेको बेला राष्ट्र बैंकले यसलाई नियन्त्रण गर्ने जनाएको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकास्योरेन्समा रोक लगाएको बताउनुभयो । नेपाल राष्ट्र बैंकले बैंक तथा बीमा कम्पनीहरुलाई बीमा पोलिसी बिक्रीमा कडाई गरेस“गै जीवन बीमा कम्पनीहरुमा प्रभाव पर्ने भएको छ ।

बीमा पोलिसी बिक्रीमा कडाईपश्चात जीवन बीमा कम्पनीहरुमा केही असर पर्ने बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिनुभयो । उहा“ले भन्नुभयो–‘बैंकास्योरेन्स बन्द गराउने नीति राष्ट्र बैंकले लिएपछि जीवन बीमा कम्पनीहरुलाई केही असर त गर्छ ।’

राष्ट्र बैंकले आर्थिक वर्ष २०७६÷०७७ को मौद्रिक नीतिमा बैकहरुमा बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था गरेको छ । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणि स्वयम्ले छनोट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनुपर्ने प्रावधान राखेको छ । त्यस्तै कर्जास“ग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसीबाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बैंकास्योरेन्सका कारण निर्जीवन बीमा कम्पनीहरुमा भने कुनै असर पर्दैन । यद्यपि, जीवन बीमा कम्पनीहरुको पह“चमा थोरै मात्रै भए पनि ह्रास आउ“छ । जीवन बीमाका लागि बैंक जाने व्यक्ति अब बीमा कम्पनी नै आउनेछन् ।
बीमा पोलीसीमा कडाई गरे पनि बीमा कम्पनीहरुलाई समस्या नपर्ने बीमा समितिका निमित्त कार्यकारी निर्देशक पौडेल बताउ“छन् । उहा“ले भन्नुभयो–‘ बैंकलाई अभिकर्ताको रुपमा प्रयोग गरिएको थियो, अब यसो हु“दैन ।’ उहा“ले भन्नुभयो–‘यसबाट बीमा कम्पनीहरुलाई समस्या पर्दैन किनभने बीमा कम्पनीहरुको त ७७ वटै जिल्लामा अभिकर्ताहरु छरिएर रहेका छन् ।’

राष्ट्र बैंकले बीमा पोलिसीमाथि सीधा नियन्त्रण नगरेर घुमाउरो शैलीमा गरेको भए बीमा कम्पनीहरुलाई असर नपर्ने निर्देशक पौडेलले बताउनुभयो । उहा“ले भन्नुभयो–‘सीधैं ढोका बन्द नगरेर राष्ट्र बैंकले घुमाउरो शैलीमा, बिस्तारै बिस्तारै नियन्त्रण गरेको भए हुन्थ्यो ।’

राष्ट्र बैंकले नै बैंकहरुलाई बीमा पोलीसी बिक्री गर्न दिने व्यवस्था गरेको थियो । बैंकलाई नै अभिकर्ता बनाई इन्स्योरेन्स गराउ“दा पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धा हुन थालेको भन्दै राष्ट्र बैंकले यसलाई बन्द गर्न लागेको हो ।
निमित्त कार्यकारी निर्देशक पौडेलले बीमा समिति राष्ट्र बैंकको यस्तो निर्णयमा सकारात्मक रहेको बताउनुभयो । उहा“ले भन्नुभयो–‘पहिला यसको आवश्यकता थियो र व्यवस्था गरियो अहिले गडबढ देखियो, त्यसैले बन्द गरियो । यसमा हामी सकारात्मक छौं ।’

हाल नेपालमा १९ जीवन बीमा कम्पनी रहेका छन् । यी बीमा कम्पनीहरुले विभिन्न बैंकहरुलाई एजेन्ट बनाई बीमा पोलिसी बिक्री गर्दै आएका छन् ।