धितोपत्र बोर्डको सूचना तथा प्रविधि नीति लागू


नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डको सूचना तथा प्रविधि नीति लागू गरेको छ । सूचनामा आधारित धितोपत्र तथा वस्तु विनिमय बजारमा भएका तथ्यांक एवं जानकारीको अभिलेख व्यवस्थापन तथा प्रभावकारी उपयोगमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका भएको भन्दै चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुरुप साउनदेखि लागू गरेको हो ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी सूचना प्रविधि पूर्वाधारको विकास विस्तार गर्ने, बजार नियमन तथा बजार गतिविधिमा सूचना प्रविधिको उपयोगलाई बढाउने, बजारमा सूचना प्रविधिको प्रयोगलाई स्तरीय र मितव्ययी बनाई सूचना प्रविधिका साधन तथा पूर्वाधारको सुरक्षित रुपमा प्रयोग गर्ने, सूचना प्रविधिको व्यवस्थित एवम् स्तरीय उपयोगमार्फत धितोपत्र बजार तथा वस्तु विनिमय बजार नियमन, सञ्चालन तथा लगानीलाई गतिशील एवम् विश्वसनीय बनाउने नीतिको उद्देश्य रहेका छन् ।

सूचना प्रविधि प्रणालीको स्थापना तथा विकास गर्ने, बजार अनुगमन तथा सुपरिवेक्षणका लागि सूचना प्रविधि प्रयोग गर्ने, साइबर अपराध न्यूनीकरण र गुणस्तरमा जोड दिने, गुनासो समाधान, लगानीकर्ता शिक्षा तथा तालिम कार्यक्रममा सूचना प्रविधिको प्रयोग गर्ने बजार सम्बन्धी सूचना तथा जानकारीको केन्द्रीय व्यवस्थापन तथा सुरक्षा गर्ने नीति उद्देश्य राखिएका छन् । बजार कारोबार, राफसाफ तथा फछ्र्यौट संयन्त्र र केन्द्रीय निक्षेप प्रणाली, वेयरहाउसस“ग सम्बन्धित अभिलेख सुरक्षित, अन्तर्राष्ट्रिय मापदण्ड डिजास्टर रिकोभरी संयन्त्रको स्थापना तथा व्यवस्थापन गर्ने गराउने रहेका छन् ।