चुक्ता पुँजी पु¥याउन लागेका कम्पनीलाई बढी असर


काठमाडौं, (नेस)  ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बैंकास्योरेन्सको बन्देजबाट समग्र बीमा कम्पनीलाई असर पर्ने बताउनुभयो । उहा“ले भर्खरै चुक्ता पु“जी २ अर्ब पु¥याउन लागेका बीमा कम्पनीलाई बढी मात्रामा असर गर्ने बताउनुभयो ।

उहा“ले भन्नुभयो–‘यस नीतिले बीमा कम्पनीलाई त गर्छ । तर, अझै पनि पूरा कार्यान्वयनमा नआईसकेकाले यसलाई कसरी लिने भन्ने मात्रै हो । बैंकहरुले पनि केही न केही गल्ती गरेकै थिए । यसलाई बन्देज लगाउ“दा समग्रमा राम्रो नै हुन्छ। ’ उहा“ले भन्नुभयो–‘यसको बन्देजले बीमाको पहु“चमा खासै असर पर्दैन ।’

निर्जीवनलाई असर गर्दैन
युनाइटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बैंकास्योरेन्स लगाइएको बन्देजबाट आफूहरुलाई असर नपर्ने बताउनुभयो । जीवन बीमा कम्पनीहरुलाई भने केही असर पर्ने उहा“को विचार छ ।

अभिकर्ताहरुमा उत्साह
राष्ट्र बैंकले ल्याएको बैकान्सोरेन्सलाई बन्देज लगाउने नीतिबाट बीमा अभिकर्ताहरु भने निकै खुशी छन् । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द तिवारीले राष्ट्र बैंकको यस नीतिलाई स्वागत गर्नुभयो । यस नीतिबाट अभिकर्ताहरुलाई धेरै राहत मिलेको उहा“को भनाइ छ ।

उहा“ले भन्नुभयो–‘केन्द्रीय बैंकको यस नीति स्वागतयोग्य छ, अब यसलाई पूर्ण कार्यान्वयनतर्फ जान राष्ट्र बैंकले सर्कुलर जारी गर्नुपर्छ ।’ उहा“ले भन्नुभयो–‘बैंकहरुले अभिकर्तालाई विश्वास नगरेर सबै आफैैं गर्थे, बैंकहरुले आफूहरुले बीमा गराउ“दा सुरक्षित हुन्छ भन्ने भ्रम सिर्जना गरेका थिए“, अब त्यसो हुनुहु“दैन ।’