पुँजीगत लाभकरको विवाद बढ्दै

0
Shares

काठमाडौं, (नेस) ।
शेयर कारोबारमा पु“जीगत लाभकरको भारित औसत लागत गणना पूर्वसहमति र बजेटमा उल्लेख भएभन्दा विपरित ल्याप्चे विधि प्रयोग गरिएको भन्दै लगानीकर्ता विरोधमा उत्रिएका छन् ।

भारित औसत लाभकर विवाद समाधानका लागि अर्थ मन्त्रालय र सरोकारवालाबीच पटक–पटक छलफल भइरहेको छ । तर, विवाद टुंगिन भने सकेको छैन । विवादका कारण दोस्रो बजारका लगानीकर्ता अन्योलमा परेका छन् । जसका कारण पछिल्ला केही दिनमा शेयर कारोबार रकम बढ्न सकेको छैन ।

लगानीकर्ताहरुले शेयर दलाल व्यवसायीको कार्यालयमा गएर ल्याप्चेसहितको आधार मूल्यको स्वघोषणा गर्नुपर्ने व्यवस्था अन्त्य गर्न माग गर्दै धितोपत्र दलाल व्यवसायीका गएर लेप्चे नलगाउन पनि लगानीकर्तालाई आग्रह गरेका छन् ।
उक्त विवादबारे छलफल गर्न अर्थ मन्त्रालयले मन्त्रालयले बुधबार बैठक बोलाएको छ । आन्तरिक राजस्व विभाग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, सीडीएससी, स्टक ब्रोकर एसोसियसन र पाँचवटै लगानीकर्ता संघलाई बैठकमा बोलाएको छ ।

यता, लगानीकर्ताहरुले मंगलबार नेपाल धितोपत्र बोर्डमा ज्ञापनपत्र बुझाएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पु“जीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल, शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल र नेपाल पु“जी बजार संघका अध्यक्ष संरक्षणा चौधरीले बोर्ड बिरोध पत्र बुझाएका हुन् ।